नेपाल आयो नयाँ ‘हाभल एच-सिक्स’, यस्तो छ मूल्य

काठमाडौं । ग्रेटवाल मोटर्सको आधिकारीक बिके्रता भिजी इम्पेक्सले थर्ड जेनेरेसन हाभल एच-सिक्सको २०२३ मोडल नेपाल ल्याएको छ । कम्पनीले १ करोड १६ लाख ९५ हजार रुपैयाँ कायम गर्दै नयाँ एच-सिक्सको बिक्री सुरु गरेको हो ।

नयाँ हाभल एच-सिक्समा अघिल्लो मोडलको तुलनामा अगाडिको ग्रिलमा केही परिमार्जन गरिएको छ । अन्य एलिमेन्ट भने रेगुलर मोडलमा भएकैलाई निरन्तरता दिएको कम्पनीले भनाइ छ ।

२०२३ मोडल हाभल एच-सिक्स एसयूभीमा डुअल कलर्ड डायमण्ड कट अलोय ह्वील दिइएको छ । फिचर लोडेड फुल साइज एसयूभीमा पानारोमिक सनरुफ, अटो वाइपर, ८ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, हिल होल्ड कन्ट्रोल, एन्टी-कोलिजन सिस्टम जस्ता आधुनिक फिचर पाउन सकिन्छ ।

यी फिचरसँगै कम्पनीले एच-सिक्स एसयूभीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल सिस्टम, कर्नरिङ ब्रेक कन्ट्रोल, टायर प्रेसर मनिटर, लेन किप असिस्ट लगायत सुरक्षा फिचर दिएको छ ।

यसको ड्यासबोर्डमा १०.२५ इन्चको कलर इन्स्ट्रुमेन्ट क्लष्टर, १०.२५ इन्चको ठूलो टच स्क्रृन, ड्यूल जोन अटो एसी, सीएन ९५ फिल्टर, लाइट्स अल वार्नीङ सिस्टम, एलइडी रिडिङ लाइट, हिटेड रियर भ्यु मिरर, कार प्ले, एन्ड्रोइड अटो कनेक्टिभीटी लगायत लग्जरी फिचर समावेश गरिएका छन् ।

यसको बाहिरी डिजाइन हेर्ने हो भने नयाँ एसयूभीमा रुफ लगेज कुरियर, सार्क फिन एन्टेना, फ्रन्ट बोनलेस वाइपर लगायत एलिमेन्ट रहेका छन् ।

यसको इन्टेरियरमा ब्ल्याक कलर डेकोरेशनले थप आकर्षित बनाएको छ । यसमा मल्टी फङसन स्टेरिङ ह्वील, लेदर स्टेरिङ ह्वील, वायरलेस चार्जर, सेन्ट्रल आर्मरेस्ट, फ्रन्ट १२ भोल्ट पावर आउटलेट छन् ।

नयाँ हाभल एच-सिक्स एसयूभीमा अघिल्लो मोडलमा उपलब्ध २.० लिटरको टर्बो पेट्रोल इन्जिन छ । उक्त इन्जिनले अधिकतम २२४ हर्सपावर तथा ३८५ एनएम टर्क उत्पादन गर्छ । यसमा ९ स्पीडको ड्युल क्लच गियरबक्स दिएको छ ।


Back_to_top