हेभी बाइक किन्दै हुनुहुन्छ भने हेर्नुस् यी ५ बाइकको माइलेज, कसको कति ?

काठमाडौं । धेरै सीसीका बाइक चढ्ने रहर सबैमा हुन्छ तर, यसमा दिइएको इन्जिनले पावरफुल प्रर्दशन गर्ने हुनाले लागतसमेत धेरै पर्ने हुन्छ । 

धेरै सीसीका बाइकमा विशेष गरेर स्पिड र पावरको लागि प्राथमिकतामा राख्ने गरिन्छ । धेरै सीसीको बाइक माइलेजका कारण खर्चिलो हुने गर्छ ।  

हामीले नेपाली बजारमा पाइने २५० सीसी भन्दा माथिका धेरै माइलेज दिने ५ बाइकको बारेमा जानकारी दिने प्रयास गरेका छौं । 

१. यामाहा एफजेड २५


२४९ सीसी क्षमता भएको यो बाइकको माइलेज प्रतिलिटर ३९ किलोमिटर रहेको कम्पनीले दावी गरेपनि ३७ किलोमिटर माइलेज दिने हाम्रो अनुभवले देखाएको छ । २०.३ बीएचपी पावर र २० एनएम टर्क उत्पादन गर्ने यो बाइकमा ५ स्पीडकोे गियर बक्स दिइएको छ । 

२. रोयल इन्फिल्ड क्लासीक-३५०


३४६ सीसी क्षमता भएको यो बाइकले ३७ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । राम्रो बाटोमा कम्पनीले दाबी गरे अनुरुपकै माइलेज पाइने यो वाइकले कच्चि बाटोमा ३५ किलोमिटरसम्म माइलेज दिने छ । १९.८ बीएचपी पावर र २८ एनएम टर्क उत्पादन गर्ने यो बाइकमा ५ स्पीडको गियर बक्स दिइएको छ । 

३. बजाज डोमीनार-४०० 


३७३ सीसी क्षमता भएको यो बाइकको माइलेज २७ किलोमिटर रहेको छ । ३४.५० बीएचपी पावर र ३५ एनएम टर्क उत्पादन गर्ने यो बाइकमा ६ स्पीडको गियर बक्स दिइएको छ ।  

४. बेनेली टीएनटी-३००


३०० सीसी इन्जिन क्षमता रहेको यो बाइकको माइलेज २५ किलोमिटर रहेको छ । ३७.७३ बीएचपी पावर र २६.५ एनएम टर्क उत्पादन गर्ने यो बाइकमा ६ स्पीडको गियर बक्स दिइएको छ । 

५. रोयल इन्फिल्ड क्लासीक-५००


४९९ सीसी इन्जिन क्षमता रहेको यो बाइकको माइलेज ३५ किलोमिटर रहेको छ । २७.२० बीएचपी पावर र ४१.३ एनएम टर्क उत्पादन गर्ने यो बाइकमा ५ स्पीडको गियर बक्स दिइएको छ ।


Back_to_top