परिक्षणको क्रममा देखियो फक्सवागेनको सस्तो एसयुभी टी–क्रस

फक्सवागेनले आफ्नो प्रतिक्षित कम्प्याक्ट एसयूभी टी–क्रसको परिक्षण सुरु गरेको छ । यो फक्सवागेनले उत्पादन गरेको सबैभन्दा सस्तो एसयुभीसमेत हो, तर, यसको मूल्य भने अहिल्यै खुलाईएको छैन ।  । 

२०१६ को जेनेभा मोटर शोमा प्रदर्शन गरिएको यो कारलाई कम्पनीले युरोपमा यो वर्षको अन्त्यसम्ममा सार्वजनिक गर्ने जनाएको छ । 

दक्षिण एसियाली बजारमा भने यो कार सन् २०२० मा मात्रै आउने अनुमान गरिएको छ ।

फक्सवागन टी–क्रसलाई फक्सवागनले आफ्नो मोड्युलर एमक्यूभी प्लेटफर्ममा तयार गरिरहेको जनाइउको छ । यही प्लेटफर्ममा छैंटौ पुस्ताको पोलो ह्याचब्याक र नयाँ भेन्टोसमेत बनेका हुन् ।

इन्जिनको वारेमा आधिकारिक रुपमा केही नभनेपनि यसमा टर्बोचार्ज्ड पेट्रोल र डिजेल इन्जिन दिइने अनुमान रहेको छ भने, म्यानुअल र ड्युअल क्लच अटोमेटिक गियरबक्सका साथ आउने चर्चा छ ।


Back_to_top