हिरोले इलेक्ट्रीक मोटरसाइकल ल्याउँदै, भारतमा पेटेन्ट दर्ता

काठमाडौं । हिरोले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल उत्पादनको लागि भारतमा पेटेन्ट दर्ता गरेको छ ।

भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता हिरोको इलेक्ट्रीक ब्राण्ड भीडा र अमेरिकी ब्राण्ड जिरोको सहकार्यमा इलेक्ट्रीक मोडल ‘भीएक्सजेड’ उत्पादन गर्ने भएको हो ।

कम्पनीले इलेक्ट्रीक मोटरसाइकल उत्पादनका लागि भारतमा पेटेन्ट दर्ता गरेको समाचार बाहिरिएको हो । कम्पनीले भीएक्सजेडको कन्सेप्ट मोडल पहिलो पटक इक्मा अटोशो २०२५ मा देखाएको थियो ।

हिरोले भारतमा इलेक्ट्रीक सेगमेन्ट अन्तर्गतको काम अमेरिकी इलेक्ट्रीक मोटरसाइकल ब्राण्ड जीरोसँग केही वर्ष अघिदेखि नै सहकार्य गर्दै आएको छ ।

मिडिया रिपोर्ट अनुसार भीएक्सजेड मोटरसाइकल जीरो मोटरसाइकलको प्लेटफर्ममा नभई भीडा इलेक्ट्रीकको नयाँ प्लेटफर्ममा तयार हुने भएको छ । पेटेन्टमा देखिएको भीएक्सजेड मोडल नेकेड स्पोर्ट डिजाइन र आक्रामक स्ट्रीट फाइटर लुक्समा छ ।

स्टाइलिङ सेमि फेयडर्र र एग्रेसिभ बडी प्यानलमा देखिएको यस मोटरसाइकलमा सार्प एलईडी हेडलाइट र टेल सेक्सन, फ्रन्टमा अपसाइड डाउन यूएसडी फोर्क रहने छ । साथै, रियरमा मोनोसक सस्पेन्सन सेटअप, पेटल डिस्क ब्रेक सिस्टम, डबल च्यानल एबीएस, १७ इन्चको अलोय ह्वील र बेल्ट ड्राइभ लगायत फिचर हुने छन् ।

यसमा ठूलो चौडा आकारको पूरा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, कनेक्टिभिटी सिस्टम, मल्टिपल राइड मोडहरू लगायत अन्य एडभान्स फिचर समावेश हुने छन् ।

कम्पनीले यसमा प्रयोग गर्ने मोटर र ब्याट्रीका बारेमा केही जानकारी बाहिर आएको छैन । तर, जिरो मोटरसाइकलको प्रविधि प्रयोग हुने भएकाले यसमा १६० देखि २७५ किलोमिटरसम्मको रेन्ज दिने पावरफुल ब्याट्रीप्याक हुने अनुमान छ ।

भीएक्सजेड हिरो मोटोकर्पको पहिलो ठूलो र शक्तिशाली मोटरसाइकल हुने बताइएको छ ।


Back_to_top