काठमाडौं । टाटा चर्चित ह्याचब्याक टियागो ईभी फेसलिफ्ट मोडल पहिलो पटक परीक्षणका क्रममा देखिएको छ । टियागो ईभी फेसलिफ्ट विभिन्न सडकहरूमा परीक्षण भइरहेको तस्बिरहरू बाहिरिएको हो ।
सार्वजनिक तस्बिर अनुसार टाटाले इन्ट्री लेभल टिगायो ह्याचब्याकमा सानो कस्मेटिक अपडेट गरेकाे देखिन्छ । यसको फेसिया डिजाइन पुरानै रहे पनि हेडलाइट, अगाडि र पछाडिको बम्पर, टेललाइट परिवर्तन गरेको देखिन्छ ।
साथै, टियागो ईभीको पाँग्रा पनि नयाँ डिजाइनको देखिएको छ । टाटा मोटर्सले टिगायो ईभीमा थप आकर्षक बाह्य कलर अप्सन प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
टियागो ईभी फेसलिफ्टले इन्टेरियरमा भने उल्लेखनीय परिमार्जन हुने अपेक्षा गरिएको छ । टिगायो फेसलिफ्टमा ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट प्रणाली, रि डिजाइन गरिएको इन्स्ट्रुमेन्ट प्यानल र नयाँ टु स्पोक स्टेयरिङ ह्वील समावेश हुने छन्। साथै, टाटाका पछिल्ला मोडेलहरूमा राखिएका आधुनिक फिचरहरू हुने अपेक्षा गरिएको छ।
टियागो ईभी फेसलिफ्टको मोटर र ब्याट्रीमा भने कुनै परिवर्तन नहुने सम्भावना छ । फेसलिफ्ट मोडलमा पनि हालकै जस्तो १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको दुई ब्याट्री अप्सन रहने सम्भावना छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा ३१५ किलोमिटरसम्म रेनज दिने दाबी गरिएको छ ।
टिगायो ईभी नेपालमा पनि निकै सफल छ ।

