हिरो जुम ११० को नयाँ एडिशन सार्वजनिक

काठमाडौं । हिरो जुम ११० को नयाँ भर्सन सार्वजनिक भएको छ । हिरो मोटोकर्पले भारतीय बजारमा जुम ११० कमव्याट भर्सन सार्वजनिक गरेको हो ।

कम्पनीले जुम ११० को कमव्याट भर्सन ८० हजार ९६७ भारतीय रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको जुम ११० कमब्याट एक स्पेशल कलर अप्सनमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । हिरो जुम ११० को जेडएक्स भेरियन्टलाई कमब्याट कलरमा आएको हो । कम्पनीले फाइटर जेट एयरक्राफ्टमा प्रयोग भएको म्याट स्याडो ग्रे कलर दिएर स्पेशल एडिशन ल्याएको हो ।

जुम ११० कमब्याटमा कम्पनीले कलरका अलावा अन्य कुनै परिर्वतन गरेको छैन । यसमा ११०.९ सीसी सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले ८.२ हर्ष पावर र ८.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरमा कर्नरिङ लाइट, डिजिटल डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, कल तथा एसएमएस अर्लट जस्ता फिचर उपलब्ध छन् ।

नेपाली बजारमा हिरो मोटरसाइकल तथा स्कुटरको लाथि आधिकारिक बिक्रेता सिजी मोटर्सले हिरो जुम ११० को बिक्री गर्दै आएको छ । कम्पनीले दुई भेरियन्टमा सार्वजनिक गरेको जुमको मूल्य २ लाख ४९ हजार ९०० र २ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको छ ।

 


Back_to_top