बाढीपहिरोले देशका १९ मुख्य सडक प्रभावित, ७ पूर्ण रूपमा बन्द

फाइल तस्बिर ।

काठमाडौं । बाढी पहिरोका कारण देशभरका १९ सडक प्रभावित भएका छन् ।

नेपाल प्रहरीका अनुसार बिहीबार १० बजेसम्म ७ मुख्य सडक राजमार्ग पूर्ण रूपमा बन्द रहेका हुन् । १२ वटा सडक खण्डमा भने अवरोध हटाई एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।

त्यस्तै, रसुवाको गोसाइकुण्ड गाउँपालिकामा पहिरोले सडक र पुल बगाउँदा पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको कोदारीमा पहिरो आउँदा अरिनको राजमार्ग, नवलपरापी पूर्वमा अविरल वर्ष हुँदा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

त्यस्तै, लमजुङमा पहिरो आउँदा मध्यपहाडी राजमार्ग र रुकुम पश्चिमको आठबिसकोट रिजिगारमा बाढी आउँदा जाजरकोट(डोल्पा भेरी करिडोर पूर्ण रूपमा बन्द भएको छ ।

बाढीपहिरोका कारण अवरुद्ध काठमाडौं-नुवाकोट, मध्यपहाडी राजमार्ग (तेह्रथुम), गल्छी-त्रिशूली- मैलुङ-स्याफ्रुबेँसी सडक, कालिगण्डकी करिडोरको बागलुङ र नवलपरासी पूर्व खण्ड लगायत सडक भने एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएको छ ।


Back_to_top