अझै बन्द छन् देशका दुई मुख्य राजमार्ग

काठमाडौं । बाढी पहिरोका कारण अझै दुई मुख्य राजमार्ग बन्द रहेका छन् ।

नेपाल प्रहरीका अनुसार सोमबार बिहान ९ बजेसम्म कोशी र बागमती प्रदेशका दुई राजमार्ग अवरुद्ध रहेका हुन् ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।

त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको विभिन्न ३ ठाउँमा पहिरो जाँदा पासाङ ल्हामु राजमार्ग बन्द भएको छ ।

बाढी पहिरोका कारण अवरुद्ध मेची राजमार्ग (इलामखण्ड) र बीपीराजमार्गको काभ्रे खण्ड एकतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ ।


Back_to_top