काठमाडौं । एमजी आइएम सिक्स नेपालमा बिक्री सुरू भइसकेको छ । पारामाउन्ट मोटर्सले ल्याएको आइएम सिक्स टेस्ट ड्राइभ गरेर हेरेपछि यति भन्न सकिन्छ, ‘७५ लाख मूल्यमा नेपाल आएको अहिलेसम्मकै सबैभन्दा हाइटेक क्रसओभर एसयूभी हो ।’
एमजी आइएम सिक्स युरोपमा पनि बिक्री सुरू भइसकेको छ । यसलाई चिनियाँ लगानीकर्ताले विश्वभर रहेको एमजी शोरुमबाटै बिक्री गर्दै आएको छ । हुनत चिनियाँ एसएआइसी ग्रुपले प्रिमियम ब्राण्डको रूपमा आइएमको स्थापना गरेको हो ।
कम्पनीले यसमा प्रयोग गरेको इन्टेलिजेन्ट फिचरकै कारण यसलाई चलाउन निकै सहज छ । सेग्मेन्ट फस्ट फिचरका रूपमा निकै लामो टेक फिचर प्रयोग भएको आइएम सिक्समा इन्टेलिजेन्ट डिजिटल चेसिस दिएको छ । जसको कारण यसमा टेक फिचरको लामो लिस्ट उपलब्ध छ ।
यसलाई काठमाडौं उपत्यका वरपर टेस्ट ड्राइभ गरेका हौं । यसको सबैभन्दा बलियो पक्ष सुरक्षा र लग्जरी हो । ड्राइभिङको आधारमा चालकलाई ‘नेक्सट लेभल’को आत्मवल प्रदान गर्ने गाडी साँघुरो बाटोमा पनि सहजै घुमाउन सकिन्छ ।

एमजी आइएम सिक्सको टर्निङ रेडियस ४.५ मिटर मात्रै छ । सामान्यतया ह्याचब्याक कारको टर्निङ रेडियस पनि योभन्दा कम हुँदैन । तर, ४९०८ एमएम लामो क्रसओभर एसयूभीमा ४.५ मिटर टर्निङ रेडियस निकै अनौठो लाग्छ । यसलाई मैले गोदावरीबाट फूलचाेकी माथिल्लो भागमा जाने साँघुरो बाटोमा पनि सहजै घुमाएका थिएँ । त्यसले ड्राइभिङमा चालकको आत्मबल पक्कै बढाउने छ ।
फोर ह्वील स्टेरिङ
एमजी आइएम सिक्सको स्टेरिङ फोर ह्वील रेस्पोन्स गर्ने किसिमको छ । रियर ह्वील ड्राइभ भएपनि स्टेरिङले चारवटै चक्कालाई कमाण्ड दिन सक्ने भएको कारण साँघुरो बाटोमा पनि यसलाई सजिलै घुमाउन सकिनेछ ।
स्टेरिङ पनि निकै स्पोर्टी र ठूलो छ । थ्री स्पोक स्टेरिङ ह्वीलमा कन्ट्रोलको लागि दुई बटम उपलब्ध छ ।

लोभलाग्दो ड्यासबोर्ड र स्कृन
आइएम सिक्समा तीनवटा स्क्रीन छ । २६.३ इन्चको ठूलो र लामो स्क्रीन ड्यासबोर्डमा फ्लोटिङ गरिएको छ । अर्को १०.२५ इन्चको स्क्रीन सेन्टरकन्सोलामा दिइएको छ ।
ड्यासबोर्ड पनि सफ्ट टच मेटेरियलले बनेको हो । ड्यासबोर्डमा ठडिएको स्क्रीनको आधा भागमा चालकलाई सूचना दिन प्रयोग भएको छ । आधा स्क्रीन इन्टरटेन्टमेन्टको लागि प्रयोग हुन्छ । सेन्टर कन्सोलमा रहेको स्क्रीन केबल सेटिङ मिलाउन प्रयोग हुन्छ । भेगन लेदर सिट, उत्कृष्ट एसी, भ्यान्टिलेटेड र हिटेड सिट यसको अर्को बलियो पक्ष हो ।
मोटर र ब्याट्री
एमजी आइएम सिक्स १०९ किलोवाट पीकपावरको रियर ह्वील ड्राइभ मोटर छ । उक्त मोटरले ४५० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ७५ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । जसले सिंगल चार्जमा ४५० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

सुरक्षामा अब्बल
सुरक्षाको लागि ७ वटा एयरब्याग प्रयोग भएको आइएम सिक्समा एडी नामक एडास फिचर छ । साँघुरा ठाँउमा प्रयोग हुने अटो पार्किङ सुविधा उपलब्ध छ । विभिन्न स्थानमा दिइएको ९ वटा एचडी क्यामेरा, अल्ट्रसोनिक १२ सेन्सर, ३ लाइडार, ३६० डिग्री क्यामेरा दिइएको छ ,
धेरैजसो चालकले प्रयोग गर्ने अटो होल्ड, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल जस्ता रेगुलर फिचरको प्रयोग पनि निकै सजिलो छ ।
अन्त्यमा
ठूलो क्रसओभर एसयूभीमा टेक फिचरको लामो लिूट खोज्नेको लागि आइएम सिक्स एक उत्तम विकल्प हो । आरामदायी, सुरक्षितसँग ड्राइभिङमा अलगै अनुभव पाउन सकिने गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ राखिएको छ, त्यो आकर्षक लाग्छ ।

अहिले बजारमा यो सेग्मेन्टमा प्रतिस्पर्धा पनि कम र अन्य प्रतिस्पर्धीभन्दा अब्बल फिचर भएको कारण यसले धेरैको मन जित्ने अनुमान गर्न सकिन्छ ।

