काठमाडौं । भोलि अप्रिल २१ बाट सुरु हुने संघाई अटो शोमा होन्डाले नयाँ इलेक्ट्रीक एसयूभीको कन्सेप्ट शोकेस गर्ने भएको छ । कम्पनीले इलेक्ट्रीक एसयूभीको कन्सेप्ट होन्डा एचआरभीबाट प्रेरित रहेको तयार गरेको हो ।
कम्पनीले यसको उत्पादन कोण नेम ‘इ-प्रोटोटाइप’ राखेको छ । आगामी ५ वर्षका नयाँ १० मोडल बजारमा ल्याउने योजना अनुरुप होन्डाले नयाँ प्रोटोटाइप ल्याएको हो ।
कम्पनीले यसको पहिलो कन्सेप्ट अघिल्लो वर्ष आयोजना हुने भनिएको बेजिङ अटो शोमा शोकेस गर्ने तयारी गरेको थियो । तर, बेजिङ अटो शो आयोजना कोभिडको कारण रोकिएको थियो । अहिले कम्पनीले लगभग उत्पादन मोडलको रुपमा यसको कन्सेप्ट सार्वजनिक गर्न लागेको हो ।
कम्पनीले यसको बाहिरी बनोट धेरै हदसम्म नयाँ जेनेरेशन एचआरभीबाट लिएको छ । एलइडी आई सेप हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, एलइडी लोगो, एलइडी टेललाइट, ब्ल्याक रुफरेल जस्ता फिचर दिइएको छ ।
कम्पनीले यसलाई थर्ड जेनेरेशन होन्डा कन्सेप्टमा आधारित रहेर तयार गरेको हो । यसमा होन्डाको नेक्सट जेनेरेशन एड्भान्स सेफ्टी फिचर (एडीएएस) दिइएको छ । यसमा ग्राहकले उच्च सुरक्षा र आरामदायी यात्रा गर्न सक्ने छन् ।
होन्डाको कनेक्ट फिचर, भ्वाइस रिकग्नेशन फिचरले भरिपूर्ण हुने यो इलेक्ट्रीक एसयूभी सन् २०२२ सम्म बजारमा आउने अनुमान गर्न सकिन्छ ।


