काठमाडौं । टाटाको प्यासेन्जर कार सेग्मेन्टको विक्री अहिले भारतमा उच्चतम विन्दुमा रहेको छ । कम्पनीले आफ्ना उत्पादनमा पाएको सुरक्षा रेटिङ र नयाँ डिजाइन ल्याङवेजका कारण उच्च विक्री पाएको हो ।
नेपालमा पनि टाटाको नेक्सन, टियागो, अल्ट्रोज र एच५ले निकै राम्रो व्यापार गरिरहेको छ । यस्तोमा टाटाले नेक्सनभन्दा कम मूल्यमा एसयूभी उपलब्ध गराउने लक्ष्यका साथ नयाँ माइक्रो एसयूभी ‘एचवीएक्स’ बजारमा ल्याउने तयारीलाई इन्तिम चरणमा पुर्याएको छ ।
भारतका विभिन्न क्षेत्रमा चरणवद्ध परिक्षण भइरहेको एचबीएक्स आगामी चाडपर्वअघि नै बजारमा आउने अनुमान गरिएको छ ।
उत्पादन कोण नेम एचबीएक्स दिइएको माइक्रो एसयूभी के नामबाट बजारमा आउने छ भन्ने विषय अझै खुलेको छैन । नयाँ माइक्रो एसयूभीमा मेसिन कट अलोय ह्वील, फ्लोटिङ टचस्कृन, स्लीक लुक्स एलइडी हेडल्याम्प, क्रोम फिनिसिङ सहितको ग्रिल, ट्राइ एरो ग्रिल, फगल्याम्प, एलइडी टेललाइट जस्ता फिचर रहने छन् ।

टाटाले नयाँ माइक्रो एसयूभीमा नेक्सनकै १.२ लिटर नेचुरल एस्पार्ड पेट्रोल इन्जिन प्रदान गर्ने अनुमान गरिएको छ । यसमा दिइएको इन्जिनले अधिकतम ८६ पीएस पावर र ११३ एनएम पीक टर्क प्रदान गर्ने छ । संभवत यसमा १.२ लिटर आई टर्बो इन्जिन पनि उपलब्ध रहने छ । उक्त इन्जिनले भने ११० पीएस पावर र १४० एनएम टर्क प्रदान गर्ने छ । दुबै इन्जिनमा ५ स्पीड म्यानुयल र ५ स्पीड एएमटी गियरबक्स उपलब्ध रहने छ ।

