टोयोटा ‘BZ4X’ इलेक्ट्रीक एसयूभीको कन्सेप्ट सार्वजनिक

काठमाडौं । टोयोटाले आफ्नो नयाँ इलेक्ट्रीक एसयूभीको कन्सेप्ट सार्वजनिक गरेको छ । संघाई अटो शोमा देखाउने गरि टोयोटाले ‘BZ4X’ (विजेड४एक्स) कन्सेप्ट सार्वजनिक गरेको हो ।

कम्पनीले जापानको ‘वियोन्ड जिरो’ इलेक्ट्रीफिकेशन स्टेटीजीमा आधारित रहेर गाडीको नामको अगाडि विजेड जोडेर सार्वजनिक गरेको हो । कम्पनीले सन् २०२५ सम्ममा बजारमा उतार्ने १५ इलेक्ट्रीक गाडीको मुख्य हिस्सा यसलाई मानिएको छ ।

टोयोटाले इ-टिएनजीए प्ल्याटफर्ममा तयार गरेको ‘विजेड४एक्स’ पहिलो मोडल हो । यसलाई सुवरुसँग मिलेर टोयोटाले तयार गरेको हो । झट्ट हेर्दा निकै स्टाइलिस ‘विजेड४एक्स’ फोर ह्वील ड्राइभ अप्सनमा आउने छ । यसलाई मुख्यतया आरमादायी र हाइटेक फिचरले भरिपूर्ण गरेर बजारमा ल्याउने टोयोटाको दावी छ ।

चंकी व्ल्याक ह्वीलआर्क, स्टाइलिस फ्रन्ट ग्रिल, फरक डिजाइन थेम, अटोनोमश ड्राइभिङ सिस्टम, नयाँ डिजाइनको हेडल्याम्प जस्ता फिचर यसमा समावेस हुने छन् । टोयोटाले यसमा दिइएको पावरट्रेनको विषयमा केहि जानकारी दिएको छैन । तर, कम्पनीले नयाँ इलेक्ट्रीक एसयूभी अफरोडको लागि पनि उपयुक्त हुने जनाएको छ ।


Back_to_top