काठमाडौं । टेस्लाको चालक रहित कार दुर्घटनामा परेको छ । टेस्लाले निर्माण गरेको स्वचालित (चालकरहित) कार दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको हो ।
अमेरिकाको टेक्सस स्थित वुडल्याण्ड आवासीय क्षेत्रमा उक्त दुर्घटना भएको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरको छन् ।
टेस्लाको कार दुर्घटना पश्चात् कारमा आगलागी भएको थियो । दुर्घटनामा परेको कार स्वचालित रहेको र कारमा चालक नभएको पुष्टि भएको जनाइएको छ ।
कारको पछिल्लो सिटमा दुई जना मृत फेला परेका थिए भने चालक सिट खाली रहेको थियो ।
२०१९ मोडलको यो कार स्थानीय समयअनुसार दिनको ११ बजेर २५ मिनेट जाँदा दुर्घटनामा परेको थियो । दुर्घटनाको मुख्य कारण हालसम्म स्पष्ट भइसकेको छैन ।


