होन्डाले तीन वर्ष भित्र ४ इलेक्ट्रीक दुई पाङ्ग्रे विद्युतीय सवारी साधन ल्याउने

काठमाडौं । इलेक्ट्रीक सवारी साधन प्रति बढ्दो क्रेजका कारण होन्डाले सन् २०२४ भित्र ४ नयाँ मोडलका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन निर्माण गर्ने जनाएको छ । भारतमा उत्पादन हुने यी इलेक्ट्रीक साधनहरु नेपाली बजारमा पनि आउने पक्का छ ।

बढ्दो मागलाई नजिकबाट नियाली रहेको जापानीज अटोमोवाइल कम्पनी होन्डाले आगामी आर्थिक वर्ष भित्र पहिलो इलेक्ट्रीक स्कुटर बजारमा उतार्ने योजना तयार पारेको उल्लेख गरेको छ । यसअघि नै भारत ठूला निर्माताहरु बजाज अटो, टीभीएस मोटर तथा ओला इलेक्ट्रीकले इलेक्ट्रीक स्कुटर उत्पादन र विक्री वितरण सुरु गरिसकेका छन् ।

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डिया भारतको दास्र्रो ठूलो टु ह्वीलर उत्पादक कम्पनी हो । मिडिया रिपोर्टहरुका अनुसार होन्डाले ‘बेन्ले इ’को सडक परिक्षण सुरु गरिसकेको छ । बेन्ले इ होन्डाको जापनीज प्यारेन्ट कम्पनीले विकास गरेको इ–स्कुटर हो । होन्डा मोटर्सले सन् २०१९ को टोकियो मोटर शोमा बेन्ले इ प्रदर्शनी गरेको थियो ।


Back_to_top