अष्ट्रेलियामा दुई घन्टा भित्रै ‘सोल्ड आउट’ भयो आयोनिक-५, अर्को महिना नेपाल आउने

काठमाडौं । हुन्डाई आयोनिक ५ को क्रेज बढ्दो रहेको छ । कम्पनीले अष्ट्रेलियामा बुकिङ खुल्ला गरेको दुई घन्टाभन्दा कम समयमा नै ‘सोल्ड आउट’ भएको हो ।

हुन्डाईले कोरियन बजारमा २४० यूनिट आयोनिक-५ विक्री गर्न बुकिङ खुल्ला गरेको थियो । कम्पनीले अष्ट्रेलियामा आयोनिक-५ को मूल्य ७१ हजार ९०० अष्ट्रेलियन डलर मूल्य तोकेको थियो ।

विश्वभर उच्च माग रहेको हुन्डाई आयोनिक-५ नेपाली बजारमा पनि नोभेम्बर अन्तिमसम्ममा विक्री सुरु हुँदैछ । हुन्डाईले आफ्नो इलेक्ट्रीक क्रसओभर एसयूभी आयोनिक-५ फ्यूचरीस्टीक डिजाइनमा ल्याएको छ ।

यसको अगाडिको लुक्स एकदमै सिम्पल तर, आकर्षक रहेको छ । यो कारमा फेक ग्रिलको प्रयोग भएको छैन । यसको एक्टेरियरमा प्रयोग गरिएको क्लीन र सार्प लाइनले यो कारलाई स्लीक र प्रिमियम लुक्स दिएको छ ।

हुन्डाईले आयोनिक–५ मा प्रयोग गरेको नयाँ डिजाइनको रेक्ट्याङ्गुलर आकारमा पिक्सेल लाइट डिजाइनको हेडल्याम्प तथा आकर्षक एलइडी डिआरएलले यो कारलाई ‘पिक्सार मूभीको रोवोर्ट’ जस्तै देखाएको छ ।

हुन्डाइले नयाँ आयोनिक-५ मा ‘पारामेट्रिक डाइनामिक डिजाइन ल्याङ्वेज’ प्रयोग गरेको छ । जुन, हुन्डाईकै अर्को मोडल टुसानमा सफल प्रयोग भइसकेको छ । यो कारमा देखिने अन्य आकर्षक डिजाइनमा कामसेल हुड, टाइट सटलाईन, फ्लस डोरह्याण्डलको साथै नयाँ डिजाइनको आकर्षक ह्वील रहेको छ ।

हुन्डाईको नयाँ इलेक्ट्रीक ग्लोवल मोडुलर प्लाटफर्म (इजीएमपी) आर्किटेक्चरमा बनेको यो कार फोटोहरुमा देख्दा सानो आकारको देखिएता पनि यसको साइज निकै ठूलो रहेको छ । यसको लम्बाई ४ हजार ६३५, चौडाई १ हजार ८९० तथा उचाई १ हजार ६०५ एमएमको रहेको छ । यसको अर्को विषेशता भनेको लामो ह्वीलवेस हो । यसको लम्बाई ३ हजार एमएमको रहेको छ ।

आयोनिक-५ को एक्टेरियर जति आकर्षक छ, यसको इन्टेरियर क्याविन पनि त्यस्तै फ्यूचरिस्टीक रहेको छ । यसको क्याविन लिभिङ स्पेश थिममा बनेको छ । सेन्टर कन्सोल मुभेवल रहेको छ । यो प्रविधिलाई हुन्डाईले यूनिभर्सल आइल्याण्ड नाम दिएको छ ।

हुन्डाईले क्यावीनमा धेरै भन्दा धेरै स्पेश निकाल्न स्मार्ट तरिका प्रयोग गरेको छ । यसमा फ्ल्याट फ्लोर रहेको छ, यसको कारण पुरा क्यावीन नै ठूलो आकारको सानदार देखिन्छ । हुन्डाईले क्यावीन स्पेश बढाउन अर्को स्मार्ट मुभको रुपमा ह्वीलवेसलाई ३००० एमएमको विशाल बनाएको छ । जुन हुन्डाईको सबैभन्दा ठूलौ एसयूभी प्यालेसेडभन्दा पनि १०० एमएम लामो हो ।

हुन्डाईले आयोनिक फाइभलाई वातावरणमैत्री बनाउन रिसाइकल प्लास्टीक बोटलबाट बनेको प्लास्टिक, ईको फ्रेन्ड्ली लेदर तथा पेन्ट्सका साथै नेचुरल उलन यानको प्रयोग गरेको छ । आयोनिक फाइभको सिट, आर्मरेस्ट, हेडलाइनर, डोर ट्रिम ताथ फ्लोरहरुमा यस्तो मेटेरियलको प्रयोग गरेको छ ।

अर्को ठूलो परिवर्तन हुन्डाईले आयोनिक फाइभको हुडमा गरेको छ । छतमा सोलार प्यानल जडान भएको छ, जसको कारण उज्यालोमा गाडी पार्क गर्दा आफै व्याट्री रिचार्ज भइरहने छ । यसको फ्रन्ट सिटहरु इलेक्ट्रीकल्ली अपरेट गर्न मिल्ने छ । सिटको डिजाइन पनि पुरै पछाडि ‘रिक्लाइन एङ्गल’को रहेको छ । कारमा दुईवटा १२ इन्चको वाइड स्किृन डिजिटल डिस्प्ले रहेको छ ।

हुन्डाईले यसमा नयाँ भेहिकल टु लोड सिस्टम (भीटुएल) पनि दिएको छ । यसको सहायताले घरायसी अन्य इक्कुप्मेन्टको साथै इलेक्ट्रीक स्कुटर समेत यसको व्याट्री मार्फत चलाउन वा चार्ज गर्न सकिन्छ । आयोनिकमा भीटुएल पोर्ट बाहिर कारको चार्जिङ पोर्टसँगै र भित्र रियर सिटको मुनी राखिदिएको छ ।

अष्ट्रेलियामा विक्री गरिएको आयोनिक ५ मा ७२.६ किलोवाट आवर क्षमताको व्याट्री प्याक दिइएको छ । नेपालमा आउने आयोनिक फाइभमा भने ५८ किलोवाट आवरको व्याट्री रहनेछ । यसमा दिइएको व्याट्रीलाई ३५० किलोवाटको चार्जरले चार्ज गर्दा ५ बाट ८० प्रतिशत रिचार्ज गर्न केवल १८ मिनेट लाग्ने छ । यस कारलाई ५ मिनेटमै १०० किलोमिटरको रेन्ज बरावरकोे रिचार्ज गर्न सकिन्छ ।


Back_to_top