फुटबल स्टार रोनाल्डोका ७ सुपर कार

काठमाडौं । विश्व फुटबलका सेलिब्रेटी प्लेयर क्रिस्टीयानो रोनाल्डो फुलबल खेलमा मात्र शोख राख्दैनन्, उनी विश्वका चर्चित कम्पनीले बनाएका सुपर कारको कलेक्सनमा पनि रमाएका छन् । उनका फ्यानहरु फुटबलको स्किल मात्र नभएर उनको कार कलेक्सनको समेत फ्यान भएका छन् ।

रोनाल्डोसँग विश्वका उत्कृष्ट कारहरुको कलेक्सन नै रहेको छ । हामीले यहाँ उनका ७ सुपर कारका बारेमा चर्चा गरेका छौ ।

१. रोल्स रोयल्स कुलीनन्

बेलायती कार कम्पनी रोल्स रोयल्सले बनाएको विश्वको सबैभन्दा लग्जरी एसयूभी कुलीनन् रोनाल्डोसँग रहेको छ । यो एसयूभीमा ६.७५ लिटर क्षमताको भी १२ इन्जिन रहेको छ । यो एसयूभीमा फोरवे क्लाइमेट कन्ट्रोल, १८ वटा स्पीकर सहितको म्यूजीक सिस्टम, लग्जरी इन्टेरियर सहित विश्वका कारमा पाइने अत्याधुनिक फिचर रहेको छ ।

२. बुगाटी भेरोन

फक्वागेन ग्रुप अन्तर्गतको स्पोर्टस कार बुगाटी भेरोन रोनाल्डोको कलेक्सनको दोस्रो कार हो । हेर्दै एकदमै आकर्षक देखिने यो कारमा रोनाल्डोले क्यामरा अगाडि धेरै पटक पोज दिएका छन् । यो स्पोर्टस् कारमा ८.० लिटरको क्वाड टर्बो चार्ज्ड डब्लु १६ इन्जिन रहेको छ । यो कारको टपस्पीड प्रतिघण्टा ४३१ किलोमिटर रहेको छ ।

३. लेम्बोर्गीनी एवेन्टाडोर

रोनाल्डोलाई यो ब्ल्याक व्युटी सन् २०१२ मा उनको जन्मदिनको उपहारमा मिलेको थियो । यस्तो सुपर कार कस्ले गिफ्ट गरेको होला भनेर सोच्दै हुनुहुन्छ भने उनी आफैले आफैलाई आफ्नै जन्मदिनमा गिफ्ट दिएका हुन् । यो कारमा ६.५ लिटरको भी १२ इन्जिन रहेको छ, जसको उच्च पावर ७०० हर्स पावर रहेको छ ।

४. बुगाटी सेन्टोडिसी

रोनाल्डोको कलेक्सनमा रहेको चौथो कार पनि बुगाटी ब्राण्डकै रहेको छ । यो कारको मूल्य ८.५ मिलीयन पाउण्ड अर्थात् नेपाली सटहिमा झण्डै १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले मात्र १० वटा बनाएको यो कार रोनाल्डोले प्रि–बुक गर्न सफल भएका थिए । सन् २०१९ मा सार्वजनिक भएको यो कारमा ८.० लिटर क्षमताको क्वाड टर्बोचार्ज्ड इन्जिन रहेको छ । उक्त इन्जिनले १६०० पीएसको पावर जेनेरेट गर्छ ।

५. मासेराती ग्रानकैब्रियो

इलालीयन लग्जरी अटोमोवाइल कम्पनी मासेरातीले बनाएको ग्रानकैब्रियो एक कन्भर्टिबल कार हो । चार सिट भएको यो कार माथि पूरै खुल्ला बनाउन पनि मिल्ने भएकोले रोनाल्डो यो कारमा सयर गरिरहेको धेरै पटक देखिएको छ । यो कारमा भी८ इन्जिन रहेको छ, जसले ४०० एचपीको पावर जेनेरेट गर्छ ।

६. बुगाटी चिरोन

बुगाटी चिरोन रोनाल्डोको कार कलेक्सनमा रहेको बुगाटी ब्राण्डको तेस्रो कार हो । रियल म्याड्रिडका लागि ४०० औं खेलको अवसरमा सन् २०१७ मा उनले यो कार लिएका थिए । यो उनको कलेक्सनमा रहेको कारहरु मध्यको महंगो कारमा पर्छ । करिब २ मिलियन डलर पर्ने यो कार दुई कलरसेडको डिजाइनमा रहेको छ । यो कारको ढोकामा सीआर सेभेनको व्याजिङ रहेको छ ।

७. मर्सडिज बेन्ज ब्राबुस जी

रोनाल्डोले अफरोड यात्रामा निस्कनु पर्दा यो मर्सीडिजको कार प्रयोग गर्ने गर्छन् । विश्वमा मात्र १० वटा उत्पादन भएको लिमिटेड एडिसन जी भी १२, ९०० मोडलको यो कार पैतीसौ जन्मदिनमा उनको गर्लफ्रेन्ड जर्जीना रोड्रिगेजले गिफ्ट दिएकी हुन् । यो कारमा ६.३ लीटरको टुइन टर्बो भी १२ इन्जिन रहेको छ, जसले ८८८ हर्सपावर उत्पादन गर्छ ।

यी माथिका कारहरु बाहेक रोनाल्डोसँग बेन्ट्लेको जी९, एस्टन मार्टिन डीबी९, अउडीको आर८, फरारीको ६९९ जीटीओ, रोल्सरोयल्स फ्यान्तम, म्याकलारेन सेना, सेब्रले केमेरो आदि जस्ता थूप्रै कारहरु रहेका छन् ।

 


Back_to_top