काठमाडौं । जापानी मोटरसाइलक तथा स्कुटर निर्माता कम्पनी होन्डाले नयाँ इलेक्ट्रीक स्कुटर प्रदर्शन गरेको छ । कम्पनीले यूरोपका लागि निर्माण गरेको पहिलो इलेक्ट्रीक स्कुटर EM1 e (ईएम–१ ई) इटालीमा भइरहेको इन्टरनेशन मोटरसाइकल तथा एक्सेसरिज एक्जिबिशन (इआईसीएमए)मा प्रर्दशन गरेको हो ।
कम्पनीले यो स्कुटर २०२३ को मध्य तीरबाट बजारमा विक्री सुरु गर्ने जनाएको छ । होन्डाले केही समय अगाडि मात्र २०२५ सम्ममा १० भन्दा धेरै इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन बजारमा ल्याउने घोषणा गरेको थियो ।
कम्पनीले सार्वजनिक गरेको कन्सेप्ट स्कुटरको डिजाइन एकदमै फ्यूचर स्टीक देखिन्छ । यो स्कुटरको ह्याान्डलबारमा टर्न इन्डिकेटर दिइएको छ भने, हेडल्याम्प एप्रोनमा राखिएको छ । कम्पनीले यो स्कुटरलाई अर्वान स्कुटरको रुपमा डिजाइन गरेको छ ।
होन्डा ईएम १ ईमा कम्पनीले रिमुभ एबल लिथियम ब्याट्री दिएको छ । यो स्कुटर एक पटकको फुल चार्जमा ४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । यसको रेन्जलाई लिएर भने धेरैले टिका टिप्पणी गरिरहेका छन् ।

