होन्डा मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । कम्पनीले केहि दिनअघिबाट नयाँ मूल्य आफ्नो आधिकारीक वेभसाइटमा प्रकाशन गरेर बढाएको हो । कम्पनीले आफ्नो धेरै मोडलमा ३ हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

लकडाउनपछि होन्डाका मोटरसाइकलको सप्लाईमा केहि समस्या देखिएको थियो । कम्पनीले सन् २०२१ को सुरुवातदेखि नै २०२१ कै मोटरसाइकल भन्दै सामाजिक संजालमा क्याप्पेन नै संचालन गरिरहेको थियो । अब कम्पनीको सप्लाईको समस्या समाधान भएको र नयाँ वर्षकै मोडल उपलब्ध रहेको भन्दै मूल्य वृद्धि गरेको हो ।

उसोत सबै मोटरसाइकल कम्पनीले आफ्ना मोटरसाइकलको मूल्य वृद्धि गर्दै आएका छन् । कोभिड १९ को संक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा स्टील र प्लाष्टिकको मूल्यमा भएको उच्च वृद्धिले भारतमा पनि सबै किसिमका सवारी साधनको मूल्य बढ्दै आएको छ । यसको असर नेपाली बजारमा पनि परिरहेको छ ।

यस्तोमा होन्डाले आफ्ना मोटरसाइकल यूनिकर्न, साइन, एक्सव्लेड, हर्नेट, जस्ता मोडलको मूल्य वृद्धि गरेको छ । साथै, कम्पनीले स्कुटर र केहि ठूला मोटरसाइकलको मूल्यपनि वृद्धि गरेको हो ।

यस्तो छ सबै मोडलको नयाँ मूल्य


Back_to_top