अप्रिल २६ मा सुजुकीले नयाँ मोटरसाइकल बजारमा ल्याउने

काठमाडौं । सुजुकीले नयाँ मोटरसाइकलको तस्बिर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ मोटरसाइकल ‘जीएसएक्स-एस १०००’ को टिजर सार्वजनिक गरेको हो ।

कम्पनीले सन् २०१५ मा पहिलो पटक ‘जीएसएक्स-एस १००’ बजारमा ल्याएको थियो । ६ वर्षमा कुनै ठूलो अपडेट नगरेको यो मोटरसाइकलको नयाँ जेनेरेशन मोडल बजारमा ल्याउने तयारी गरेको हो । यूरो ५ मापदण्डको इन्जिनको साथै थुप्रै परिमार्जन नयाँ जेनेरेशन मोडलमा हुने छ ।

कम्पनीको नयाँ मोटरसाइकलले करिब २०० बीएच पावर प्रदान गर्ने अनुमान गरिएको छ । यसमा रहेको इन्जिन सुजुकी हायबुसा र भि–स्ट्रोम १०५० बाट प्रेरित हुने छ ।

आईएमयू इलेक्ट्रोनिक्स प्याकेज दिइने यो मोटरसाइकलमा कर्नरिङ एबीएस, ट्रायाक्सन कन्ट्रोल, इन्टी ह्वील र क्रुज कन्ट्रोल, क्वीक सिफ्टर जस्ता आधुनिक फिचर यसमा समावेस हुने छन् ।

यो मोटरसाइकललाई कम्पनीले अप्रिल २६ तारिखबाट अन्तर्राष्ट्रिय बजारमा विक्री सुरु गर्न लागेको हो । यसको थप विवरण अप्रिल २६ मा नै सार्वजनिक हुने छ ।


Back_to_top