२५ लाखकाे इलेक्ट्रीक कार किन्दा आइफोन १२ प्रो म्याक्स उपहार

काठमाडौं । विभिन्न कम्पनीले जस्तै इलेक्ट्रीक कार विक्री गर्ने कम्पनीले पनि नयाँ वर्ष २०७८ को अवशरमा स्कीम सार्वजनिक गरेको छ ।

विद्युतीय कार विक्रेता कम्पनी दीगो ग्रुपले आफ्नो २४ लाख ९४ हजार रुपैयाँ पर्ने विद्युतीय कार इ८को खरिदमा आइफोन १२ प्रो म्याक्स उपहार दिने योजना अगाडि ल्याएको हो ।

कम्पनीले ल्याएको नयाँ वर्ष अफरमा गाडी किन्दा आइफोनको अलावा एक वर्षको बीमा पनि पाइने छ । यसअघि कम्पनीले बीमा शुल्क पनि दिने गरेको थिएन ।

दीगो इ८ले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । यसमा १५.२ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्रयोग गरिएको छ ।

यसमा रहेको व्याट्री चार्ज गर्न ३ किलोवाटको चार्जरका साथमा आउने छ । उक्त चार्जर घरायसी विजुलीको प्रयोगबाट संचालन गर्न सकिन्छ । कारमा धेरै चालकमैत्री फिचर पाउन सकिन्छ । हिल होल्ड असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।


Back_to_top