एनएस २०० सर्वाधिक सफल मोटरसाइकल, यस्तो छ मासिक किस्ता

काडमाडौं । बजाज पल्सर एनएस नेपालमा सर्वाधिक विक्री हुने २०० सीसी क्षमताको मोटरसाइकल हो । नेपालमा वार्षिक १० हजार यूनिटभन्दा बढी एनएस २०० विक्री हुँदै आएको छ ।

विशेषत युवा पुस्ता लक्षित डिजाइन र उच्च पावरको कारण एनएस २०० धेरै विक्री हुने गरेको हो । लामो यात्रामा घुम्न जाने युवाहरुको मुख्य रोजाईमा परेको एनएस बजाजले अहिले विक्री गर्ने सबैभन्दा महंगो मोडल रहेको छ ।

विशेषत केटीएम ड्यूक २०० किन्न चाहने तर, मूल्य धेरै खर्च गर्न नसक्ने युवाहरुको मुख्य रोजाईमा पर्ने गरेको एनएसले लगभग केटीएम ड्यूक २०० जस्तै पावर प्रदान गर्छ । तर, यसको मूल्य ड्यूकको तुलनामा ४० प्रतिशत कम रहेको छ ।

एनएस २०० को मूल्य कम भएपनि लिक्वीड कुल्ड इन्जिन दिइएको छ । कम मूल्यमा लिक्वीड कुल्ड, एफआई इन्जिन दिइएको एनएसले अधिकतम ९५०० आरपीएममा २३.५ ब्रेक हर्ष पावर र ८००० आरपीएममा १८.३ एनएम पीक टर्क प्रदान गर्छ ।

एनएस २०० को दुबै चक्कामा हाइड्रोलिक डिस्क ब्रेक, ६ स्पीड गियरबक्स, स्टीफ पेरिमिटर फ्रेम, १७ इन्चको अलोय ह्वील, १२ लिटर क्षमताको इन्धन ट्याङ्की, सिंगल च्यानल एबीएस जस्ता फिचर पाउन सकिन्छ ।

कति पर्छ मासिक किस्ता

हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा विक्री गर्दै आएको पल्सर एनएसको मूल्य ३ लाख ७४ हजार ९०० रुपैयाँ तोकिएको छ । कम्पनीले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा विभिन्न स्कीम संचालन गरिरहेको छ ।

कम्पनीले नगदमा मोटरसाइकल किन्नेलाई न्यूनतम १० हजार नगद छुट प्रदान गर्दै आएको छ भने, १० लाख रुपैयाँसम्म जित्न सकिने योजना अगाडि बढाएको छ ।

मासिक किस्तामा किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्दा सून्य प्रतिशत व्याजदरमा एनएस २०० खरिद गर्न सक्ने छन् ।

ग्राहकले एनएस २०० खरिद गर्न १ लाख ८७ हजार ४५० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ भने, त्यति नै रकम कर्जा सुविधा पाउन सकिन्छ । यसरी लिएको कर्जा १८ किस्तामा भुक्तानी गर्नु पर्ने हुन्छ । ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १० हजार ४१५ रुपैयाँ मासिक किस्ता बुझाउनु पर्छ ।


Back_to_top