२५० सीसीको नयाँ मोटरसाइकलको बुकिङ खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । विश्व बजारमा पाइने थुप्रै मोटरसाइकल ब्राण्डले नेपालमा आफ्ना उत्पादन विक्री गर्दै आएका छन् । ह्यानवे ब्राण्डले थाइल्यान्डमा उत्पादन गरेका मोटरसाइकल नेपालमा पनि विक्री हुँदै आएका छन् ।

ह्यानवेको आधिकारीक वितरक मोटर्स एभेन्यूले नयाँ ‘स्कोमोटो २५०’ नेपाल ल्याउने भएको छ । कम्पनीले स्कोमोटो २५० को प्रि-बुकिङ लिएरहेको छ । यो मोटरसाइकल किन्न चाहने ग्राहकले २० हजार रुपैयाँ बुकिङ शुल्क तिरेर बुक गर्न सक्ने छन् ।

कम्पनीले स्कोमोटो २५० मूल्य ५ लाख ७५ हजार रुपैयाँ कायम गरेको जनाएको छ । २५० सीसीको सिंगल सिलिण्डर, एफआई इन्जिनको साथमा आउने यो मोटरसाइकलको पावर पनि राम्रो रहेको छ । उक्त इन्जिनले अधिकतम २६.५ बीएच पावर र २१ एनएम टर्क प्रदान गर्ने कम्पनीको दाबी छ ।

ड्यूल च्यानल एबीएस, ६ स्पीड गियरबक्स, २० लिटरको इन्धन अट्ने ट्यांकी, स्पोर्टी टायर, लेदर सिट जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top