महिन्द्राको नयाँ एसयूभी ‘एक्सयूभी ७००’

काठमाडौं । महिन्द्राले आफ्नो नयाँ एसयूभीको नाम एक्सयूभी ७०० हुने घोषणा गरेको छ । कम्पनीले उत्पादन कोण नेम डब्ल्यू ६०१ राखेर निर्माण गरिरहेको नयाँ एसयूभीको नाम एक्सयूभी ७०० राख्ने भएको हो ।

कम्पनीले यसलाई सन् २०२२ को अन्त्यसम्ममा बजारमा ल्याउनेगरि काम गरिरहेको छ । महिन्द्राले एक भिडियो सार्वजनिक गर्दै नयाँ एसयूभीको नाम सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याउने नयाँ एसयूभी एक्सयूभी ५०० र अल्टुरस जि फोरको बीचको मोडल हुने छ । यद्यपी नयाँ एसयूभी आएसँगै एक्सयूभी ५०० ले निरन्तरता पाउँछ वा पाउँदैन भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

कम्पनीले एक्सयूभी ७०० लाई पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा बजारमा ल्याउने छ । यसमा म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहने छ । यसको टप भेरियन्ट अल ह्वील ड्राइभ सिस्टममा आउने छ ।


Back_to_top