काठमाडौं । होन्डाले भारतमा नयाँ स्कुटर निर्माणको लागि पेटेन्ट दर्ता गरेको छ । जापानी मोटरसाइकल निर्माता होन्डाले भारतमा ‘होन्डा स्कोपी’ नाम दिएर नयाँ स्कुटरको लागि पेटेन्ट दर्ता गरेको हो ।
११० सीसी इन्जिन क्षमतामा उपलब्ध हुने होन्डाको उक्त स्कोपी स्कुटर नयाँ मोडल भने होइन । यो स्कुटर इन्डोनेसिया र फिलिपिन्सजस्ता देशमा पहिलेदेखि नै उपलब्ध भएको मोडल हो । भारतमा भने अब पहिलो पटक निर्माण हुने भएको हो ।
फ्यामिलि ओरिएन्टेडसँगै रेट्रो मोर्डन र भर्साटाइल डिजाइन रहेको यस स्कुटरमा राउण्ड आकारको एलईडी क्रिस्टल ब्लक हेडलाइट र डीआरएल दिइएको छ ।
यसमा पूरा एलईडी लाइट सेटअप, एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, ट्रीप मिटर, रियल समय, किलेस इग्निशन, ब्याट्री भोल्टेज मिटर, इको इन्डिकेटर, फ्युल कन्जप्सन र सर्भिस इन्डिकेटर र आयल चेन्ज अलर्ट सिस्टम, स्मार्ट की सिस्टम, रोबुट एन्टिथेप्ट आर्लाम, टच फ्री एसेस ह्यान्डलबार अनलक र इन्जिन स्टार्ट सिस्टम जस्ता फिचरहरू छन् ।
साथै, स्पोर्टी ग्राफिक्स डिजाइन, डबल टोन थेम, मिनिमलिस्ट प्रोफाइल, सिंगल पिस सिट, अपस्वेप्ट एग्जस्ट, ग्रयाब रेल, राउन्ड रियर भ्यू मिरर, अन्डरबोन फ्रेम, १२ इन्चको टायर ह्वील ट्युबलेस टायर, कम्बि ब्रेकिङ सिस्टम दुवै टायरमा ड्रमब्रेक, टेलिस्कोपिक फ्रन्ट फर्क र स्वीङ आर्म रियर सस्पेन्सन सेटअप रहेको छ ।
होन्डा स्कोपी स्कुटरमा १०९.५ सीसीको ईएसपी, एसओएचसी, एयर कुल्ड इन्जिन छ । यस इन्जिनले अधिकतम ९ पीएस पावर तथा ९.२ एनएमको पिक टर्क जेनेरेट गर्छ । यसमा अटोमेटिक सीभीटी ट्रान्समिसन सिस्टम पनि रहेको छ ।


