काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले आफ्नो चर्चित एसयूभी बोलेरेलाई नयाँ जेनेरेशनमा ल्याउने भएको छ । कम्पनीले अगष्ट १५ तारिखमा सार्वजनिक गर्ने अनुमान गरिएको नयाँ जेनेरेशन बोलेरो एसयूभी अहिले भारतका विभिन्न स्थानमा परीक्षण चलिरहेको छ ।
भारतको स्वतन्त्रता दिवसको दिन सार्वजनिक हुने नयाँ जेनेरेशन बोलेरो अहिले बजारमा रहेको एसयूभीहरुलाई कडा टक्कर दिनेगरी आउने भएको हो । महिन्द्राले आफ्नो ‘न्यू फेक्सिवल आर्किटेक्चर’मा आधारित रहेर यसलाई बनाउन लागेको हो ।
पहिलो पटक बोलेरो एसयूभीमा प्यानारोमिक शनरुफ, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टरको प्रयोग हुनेछ । महिन्द्राले आफ्नो चर्चित एसयूभी स्कर्पियो एनबाट यसमा थुप्रै फिचर ल्याउने भएको हो । फ्लस टाइप डोर ह्याण्डल, सर्कुलर प्रोजेक्टर हेडल्याम्प, मल्टी स्लट ग्रिल, एलइडी डिआरएल, बाक्लो बडी क्लाडिङ र मल्टी स्पोक ह्वील दिनेछ ।
निकै प्रिमियम ड्यासबोर्ड, ठूलो साइजको इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्गसनल स्टेरिङ ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभिङ सिट, ६ वटा एयरब्याग र एडास फिचर पनि उपलब्ध हुनेछ ।
बोलेरोको नयाँ जेनेरेशन मोडल पनि डिजेल इन्जिनमै उपलब्ध हुनेछ । यसमा कम्पनीले १.५ लिटर क्षमताको टर्बो इन्जिन दिने अनुमान गर्न सकिन्छ ।

