१ रुपैयाँ डाउन पेमेन्टमा ‘होन्डा युनिर्कन-१५०’ किन्दा यस्तो हुनेछ मासिक किस्ता

काठमाडौं । नेपाली बजारमा फेमिली मोटरसाइकलको रुपमा परितिच मोटरसाइकल होन्डा युनिर्कन १ रुपैयाँ डाउन पेमेन्ट गरेर किन्न सकिने भएको छ । कम्पनीले हालै ल्याएको अफर अनुसार १ रुपैयाँ डाउन पेमेन्टमा किन्न सकिने भएको हो ।

१ रुपैयाँ डाउन पेमेन्टमाका अलावा यो मोटरसाइकलमा अन्य विभिन्न ३ अफरहरु रहेका छन् । होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक स्याकार ट्रेड्रिङ कम्पनीले यो मोटरसाइकलको मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।

१ रुपैयाँ डाउन पेमेन्ट

एक रुपैयाँ डाउन पेमेन्टमा होन्डा यूनिकर्न किन्न सकिने छ । यो योजना अन्तर्गत मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले १ रुपैयाँ डाउनपेमेन्ट गरेर बाँकी रकम बढिमा ३ बर्षसम्ममा तिर्नु पर्ने हुन्छ ।

तर, एक रुपैयाँ डाउन पेमेन्टमा मोटरसाइकल किन्ने ग्राहकले बीमा वापतको लाग्ने सबै खर्च र नामसारी गर्न लाग्ने शुल्क अग्रिम रुपमा बुझाउन पर्ने छ । कम्पनीको नियम अनुसार ठिक समयमा किस्ता बुझाउँदा यसमा १३ प्रतिशत ब्याजदर पर्नेछ । यसको मासिक किस्ता बारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

सुरुमा १६ प्रतिशतका दरले व्याज तिर्नु पर्ने भएपनि नियमित किस्ता तिर्नेले अन्तिममा हिसाव गरेर ३ प्रतिशत व्याज छुट पाउने छन् ।

१ रुपैयाँ मासिक किस्ता

केही समयको लागि १ रुपैयाँ मासिक किस्तामा होन्डा युनिकर्न १५० किन्न सकिने छ । यो स्कीममा ग्राहकले विभिन्न ४ प्रकारमा डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सक्ने छन् ।

यो योजनामा ४० प्रतिशत डाउन पेमेन्ट गर्दा पहिलो तीन महिनासम्म १ रुपैयाँ किस्ता तिर्नु पर्नेछ । त्यस पश्चात् बाँकी रकमको रेगुलर किस्ता बनाएर तिर्नु पर्ने हुन्छ । यो योजनामा मोटरसाइकल किन्दा ४० प्रतिशत डाउन पेमेन्टमा गर्नु पर्ने हुन्छ भने व्याजदर १६ प्रतिशत लाग्नेछ ।

त्यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गर्दा पहिलो ६ महिनासम्म १ रुपैयाँ किस्ता तिर्दा हुन्छ । बाँकी रकम ६ महिनापछि नियमित किस्ता तिर्नु पर्ने हुन्छ । साथै, ६० प्रतिशत डाउनपेन्ट गर्दा पहिलो ९ महिना १ रुपैयाँ मात्र तिर्दा हुन्छ ।

त्यसैगरि ७० प्रतिशत सुरुमै डाउनपेमेन्ट गर्ने हो भने पहिलो एक बर्ष १ रुपैयाँ मात्र किस्ता तिर्नु पर्छ । यी सबैमा १६ प्रतिशत व्याजदर लाग्छ भने ठिक समयमा किस्ता तिर्दा व्याजमा छुटको व्यवस्था रहेको छ । यो योजनमा २ बर्षको अबधिको रहेको छ । यसमा बीमा वापत लाग्ने रकम र पछि नामसारीको रकम अग्रिम झुक्तानी गर्नु हुन्छ ।

१ प्रतिशत व्याज

कम्पनीले ल्याएको तेस्रो योजना एक प्रतिशत व्याजमा होन्डाका मोटरसाइकल तथा स्कुटर किन्न सकिने छ । यो योजनमा ग्राहकले यूनिकर्न १ प्रतिशत व्याजदरमा ऋण प्राप्त गर्नेछन् । यसमा लोनको अबधि १ बर्षको मात्र हुनेछ ।

यस योजनामा मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकले ६० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यसका साथै बीमा वापत लाग्ने खर्च र नामसारी गर्दा लाग्ने रकम अग्रिम भुक्तानी गर्नु पर्ने हुन्छ ।

२० प्रतिशत डाउन पेमेन्ट

ग्राहकले आफुलाई सहज हुने अप्सन छनोट गर्न सकिने रहेको छ । यस योजना अन्तर्गत ग्राहकले कर्जा अवधि ३ बर्षसम्म तथा डाउनपेमेन्ट २० प्रतिशतदेखि छनोट गर्न सक्ने छन् । यस योजनामा मोटरसाइकल किन्ने ग्राहकले बीमा र नामसारी खर्च पहिल्यै भुक्तानी गर्नु पर्ने हुन्छ । यस योजनामा नियमित किस्ता तिर्दा यसमा १३ प्रतिशत मात्र व्याज लाग्ने छ ।

यस्तो छ मोटरसाइकल

यूनिकर्नमा १४९ सीसीको सिगंल सिलिन्डर एयरकूल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १२.७ बीएच पावर तथा ५५०० आरपीएममा १२.८० एनएम टर्क जेनेरेट गर्छ । उक्त मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यो मोटरसाइकल ईको टेक्नोलोजीमा बनाएको छ । होन्डाले हाल निर्माण गर्ने नयाँ मोटरसाइकल ईको टेक्नोलोजिमा निर्माण गर्ने गरेको छ ।

यूनिकर्न १५० मोटरसाइकलमा स्टाइलिस एनालग कन्सोल, सिगंल पिस बल्ब हेडलाइट, फराकिलो सिट, थ्री डी होन्डा लोगो, ५ कालो अलोय ह्वील जस्ता विशेषता समेटिएको छ ।

यसको फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा मोनोशक दिइएको छ । यो मोटरसाइकलको फ्रन्ट ह्वीलमा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ ।


Back_to_top