नयाँ कार किन्नेलाई अफरै-अफर: २० प्रतिशत डाउन पेमेन्टदेखि किस्ता आफैँ तिर्नेसम्म

काठमाडौं । कार बिक्रेता कम्पनीहरुले असारको पहिलो हप्तादेखि नै विभिन्न किसिमका अफरहरु ल्याउन सुरु गरेका हुन् । असार १ गतेबाट लकडाउन खुकुलो भएसँगै कम्पनीहरुले शोरुम खोल्नासाथ अफर घोषणा गरे ।

लामो लकडाउन र २०१९ मा बनेका धेरै कार स्टकमा रहेका कारण कम्पनीहरुले खुल्नासाथ विभिन्न अफर घोषणा गरेका हुन् । यसरी अफर घोषणा गर्नेमा डाट्सन निसान पहिलो कम्पनी बनेको थियो ।

त्यसपछि फक्सवागन, मारुती सुजुकी, हुन्डाई, फोर्ड जस्ता कम्पनीहरुले अफर सार्वजनिक गरेका हुन् ।

निसान र डाट्सनले सन् २०२० मा गाडी किनेर २०२१ बाट मासिक किस्ता तिर्नेगरि गाडी लिन अफर ल्याएको थियो । कम्पनीले नगद छुटसहितको आकर्षक स्कीममा सुरुवातमा ३० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर गाडी लिन सकिने र बाँकी २० प्रतिशत डाउन पेमेन्ट वापतको रकम ४ महिना भित्र तिर्ने व्यवस्था मिलाएको थियो । कम्पनीको अफर थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।

त्यस्तै फक्सवागनले आफ्नो ह्याचव्याक कार पोलो मासिक १० हजार किस्तामा दिने अफर ल्याएको हो । कम्पनीले एक वर्षसम्म मासिक किस्ता १० हजार तिरे पुग्ने र एक वर्षपछि मासिक २५ हजार हाराहारीमा तिर्नु पर्नेगरि अफर गरेको थियो । कम्पनीको अफर थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।

हुन्डाईले आफ्नो इन्ट्री लेवल कार सेन्ट्रो किन्न चाहने ग्राहकलाई एक वर्षसम्म मासिक किस्ताको ५० प्रतिशत तिरे पुग्ने अफर गरेको छ । कम्पनीको अफर अनुसार सेन्ट्रो किन्ने ग्राहकले एक वर्षसम्म मासिक ८ हजार हाराहारीमा तिरे पुग्ने छ । साथै कम्पनीले नगद १ लाख रुपैयाँ छुटको व्यवस्था गरेको छ । कम्पनीको थप अफर थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।

मारुती सुजुकीले ग्राहकले २० देखि २५ प्रतिशत डाउन पेमेन्ट बाटै गाडी किन्न पाउने अफर ल्याएको छ । कम्पनीले ल्याएको यो अफरमा गाडी किन्नेले केही महंगो व्याजदर तिर्नु पर्ने हुन्छ । कम्पनीले आफैँ फाइनान्स सुविधा उपलब्ध गराउने जनाएको छ । साथै नगद छुट, बीमा शुल्क, एक वर्षको सडक दस्तुर जस्ता अफर मारुती सुजुकीले गरेको छ ।

फोर्डले तत्काल ३० प्रतिशत डाउन पेमेन्ट र बाँकी २० प्रतिशत ४ महिना भित्र तिर्नेगरि व्यवस्था गरेको छ । कम्पनीको अफर थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।

महिन्द्रा, टाटा, जीप, स्कोडा, होन्डा, रेनो, एमजी जस्ता कम्पनीले भने अझै अफर घोषणा गरेका छैनन् ।


Back_to_top