काठमाडौं । काठमाडौंमा साइकल चलाउनु सवैभन्दा ठूलो जोखिम हो । मोटरसाइकल र गाडीको चापले झनै अफिस समयमा साइकल चलाउनु भनेको जोखिमनै मोल्नु हो । त्यसको लागि अनुसासित भएर साइलक चलाउनुको विकल्प छैन ।
साइकल चलाउँदा यी कुरामा ध्यान दिनुहोस्
१. सवारी साधनको अवस्थाको वारेमा पूर्व जानकारी राखौं ।
२. साईकलको बस्ने सिटको उचाई आफुलाई अनुकुल हुने गरि मिलाऔं ।
३. सिधा र एकै गतिमा साईकल चलाउनुहोस् ।
४. एउटा साईकलमा एक जनामात्र बसेर चलाउनु होस् ।
५. सडकको बायाँ किनारा च्यापि साईकल चलाउनु होस् ।
६. ट्राफिक नियमको पालना गर्नुहोस् ।
७. साईकल दायाँ वा बायाँ जादा हातले इसारा दिनुहोस् ।
८. रातिको समयमा साईकल चलाउदा चम्किलो लुगा लगाउनुहोस् ।
९. साईकलको अगाडी पछाडी बत्ति तथा रिफ्लेक्टर राख्नुहोस् ।
१०. साईकल चलाउदा हेल्मेटको प्रयोग गर्नुहोस् ।
११. साईकल चलाउन सजिलो हुने लुगा लगाउनुहोस् ।
१२. सधै हेन्डीलमा समातेर साईकल चलाउनुहोस् ।