काठमाडौं । चिनिया टेक्नोलोजी जायन्ट ह्वावेले पनि मेगावाट लेबलको सुपर चार्जर लन्च गर्ने भएको छ । ह्वावेले आगामी अप्रिल २२ मा १.५ मेगावाट अर्थात् १५ सय किलोवाटको सुपर चार्जर ल्याउने घोषणा गरेको हो ।
केही दिन अगाडि बीवाइडीले १ मेगावाटको सुपर चार्जर घोषणा गरेको थियो । आजै मात्रै जीकरले समेत १.२ मेगावाट क्षमताको सुपर चार्जर प्लान सार्वजनिक गरेको थियो ।
बीवाइडीले अप्रिल महिना भित्रै चीनको ५०० स्थानमा १.० मेगावाटको सुपर चार्जर स्थापना गर्ने भएको छ । जीकरले आगामी अप्रिल २३ मा संघाइ अटो शोमा १.२ मेगावाटको चार्जर देखाउने भएको हो । जीकरले उक्त चार्जर यसै वर्षको दोस्रो क्वाटरमा लन्च गर्नेछ ।
ह्वावेले देखाउने यो १.५ मेगावाटको सुपर चार्जरले २० किलोवाट आवर प्रति मिनेटको स्पीडमा चार्ज गर्छ । कम्पनीले चिनियाँ इलेक्ट्रीक भेहिकल १०० फोरममा नयाँ सुपर चार्जर आउने जनाएको हो ।
बीवाइडी र जीकरको सुपर चार्जरले प्यासेन्जर भेहिकललाई लक्षित गरेका छन् । ह्वावेले हेवी डिउटी ट्रकको लागि यो सुपर चार्जर विकास गरेको हो । यो चार्जरले हेवी डिउटी फुल्ली इलेक्ट्रीक ट्रकहरुलाई ३० मिनेट भित्रै फुल चार्ज गर्नेछ ।

