काठमाडौं । आर्थिक वर्ष ०७३/०७४ को बजेटमा सरकारले हुलाकी राजमार्गका विभिन्न स्थानमा १० वटा नयाँ शहरको निर्माण गर्ने घोषणा गरेको थियो । तर, कुन–कुन स्थानमा बनाउने भन्ने अहिलेसम्म निर्कोल हुन सकेको छैन ।
गत आर्थिक बर्षको अन्त्यमा प्रारम्भिक अध्यन सकेको उक्त आयोजनाको अहिले एकिकृत बिकास योजना बनाउनका लागि परामर्शदाता छनोट भएको छ ।
हुलाकी राजमार्ग अन्र्तगत पर्ने झापाको गौंरीगञ्ज, मोरङको रंगेली, महोत्तरीको मनरा, सर्लाहीको ब्रहृमपुरी, रौतहटको भोलापुर र कटहरिया, बाराको महागढीमाई, बर्दियाको राजापुर, कैलालीको भजनी र कञ्चनपुरको बेलारीमा नयाँ शहरको निर्माण गर्न लागिएको छ । यसका लागि समन्वय कार्यालयले प्रतिशहर २ करोड रकम छुट्टाएर काम गर्दै आइरहेको छ ।

