हुलास फिनसर्भ हायर पर्चेजले आइपीओ जारी गर्ने

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणलाई २० लाख ७५ हजार कित्ता सेयर जारी गर्ने भएको हो ।

कम्पनीले आइपीओ निष्काशनका लागि एनएमबी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा हुलास फिनसर्भका अध्यक्ष शेखर गोल्छा र एनएमकी क्यापिटलका सीईओ दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका हुन् ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाईने हुलास फिनसर्भका अध्यक्ष गोल्छाले जानकारी दिए ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरूलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।


Back_to_top