काठमाडौं । आगामी दिनमा तपाईले किन्ने कारमा हाइब्रिड वा विद्युतीय कुन होला ? यस्तो सोच बनाउने तपाई एक्लै हुनु हुन्न । एक अध्ययनले देखाएअनुसार सर्भेमा सहभागी ५९ प्रतिशतले २०१९ सम्ममा आफूले किन्ने बैकल्पिक इन्धनमा आधारित सवारीसाधन हुने बताएका छन् ।
उपभोक्ताहरुको चाहना २०१४ देखि नै विद्युतीयकार प्रति बढ्दै आएको थियो । पछिल्लो समय विद्युतीयकार उत्पादनमा उत्पादक कम्पनीहरुले ठूलो लगानीगरि रहेका छन् ।
हाईब्रिड कार सामान्य कारको तुलनामा २० प्रतिशत महगो हुने र विद्युतीय कार इन्सेन्टिभ दिनु पूर्व ७० प्रतिशत हाराहारीमा महंगो हुने गरेको थयो ।
यद्यपी अहिले पनि विद्युतीय र हाईब्रिड कारको बजार हिस्सा विश्वभर नै निक्कै कम रहेको छ । २०१५मा हाइब्रिड कारको बजार हिस्सा २.२ प्रतिशत रहेको थियो । त्यस्तै विद्युतीय सवारीको बजार हिस्सा भने १ प्रतिशतभन्दाकम रहेको थियो । यस्ता सवारीको बिक्री न्यून हुनुको कारण मूल्यलाई पनि मानिन्छ । हाईब्रिड कार सामान्य कारको तुलनामा २० प्रतिशत महगो हुने र विद्युतीय कार इन्सेन्टिभ दिनु पूर्व ७० प्रतिशत हाराहारीमा महंगो हुने गरेको थयो ।
हाईब्रिड तथा विद्युतीय कार प्रयोग गर्नुको कारण हो वातावरण । प्रदूषणका कारण विश्व जलवायू परिवर्तमा गम्भिर असर परेको छ । त्यसैले हरित क्रिन्तिमा विद्युतीय वा हाईब्रिड कारको ठूलो महत्व रहेको छ । यदी तपाई हाईब्रिड वा विद्युतीय कारतर्फ आकर्षित हुनुहुन्छ भने तपाईले विचार गर्नु पर्ने पाँच कारण यस्ता छन् :
१ इन्धनकोे मूल्य
इन्धनको मूल्य कम भयो भने वैकल्पिक कारको मागकम हुन्छ । यसले वैकल्पिक कारको मागकम हुँदा त्यसको विकास र उपलब्धतामा प्रत्यक्ष प्रभाव पर्छ । जापानी कार उत्पादक सुवारुले हाईब्रिड कारको उत्पादन बन्द गरेको छ । इन्धनको मूल्य सस्तो हुँदा हाईब्रिड कार प्रति मानिसको चासो कम भएको सुवारुका प्रवक्ता मिचेल म्याकहालको भनाइ छ । इन्धनको मूल्य सस्तो हुँदासम्म विद्युतीय वा हाईब्रिड कार प्रति उपभोक्ताहरु आकर्षित हुन कठिन हुने देखिन्छ ।
२ माइलेजको गणना
यदी तपाई धेरै ड्राइभ गर्नु हुन्छ, हाईब्रिड कारले इन्धन बचतका साथै कारमा आउने अन्य खर्चसमेत कम हुन्छ । यद्यपी इन्धनको मूल्य २.५ डलर प्रति ग्यालन रहन्छ, तपाईले १० हजार माइल प्रतिवर्ष चलाउन सक्नु हुन्छ । यो भनेको आषौतमा कम खर्चमै कार चलाउन सकिन्छ ।
हाल चलिरहेका कारसँग विद्युतीय कारको तुलना गर्ने हो भने माइलेज निक्कै उपयोगी हुने देखिन्छ ।
३ ब्याट्रीको लागत
विद्युतीय सवारीको मूल समस्या नै ब्याट्री लागत हो । इथियम आयोन ब्याट्रीको मूल्य कारको एक तिहाइ मूल्य बराबर पर्छ । विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री किन कम्प्युटर जस्तो गरि उत्पादन र विकास हुन सकेन भन्ने बहस विश्वभर नै चलको छ ।
गतवर्ष ब्याट्रीको मूल्यमा करिब ३५ प्रतिशतले कमी आएको थियो । सवारी उत्पादकहरुले ब्याट्री इन्जिनियरिङमा गरेको लगानीका आधारमा आगामी ५÷६ वर्षमा विद्युतीय कार अहिलेको इन्धन कारकै मूल्यमा पाइने अनुमान गरिएको छ ।
४ केन्द्र तथा राज्यको इन्सेन्टिभ
हरेक देशका सरकारले कार्बन उत्सर्जक कमगर्न राज्यको ठुलो रकम लगानी गरिरहेका छन् । कयौ देशहरुले पूर्ण विद्युतीय कार लागुगर्ने मिति घोषणा गरेर कार्बन उत्सर्जन कमगर्न इन्सेन्टिभको घोषणा गरेका छन् ।
५ वातावरण
तपाई पनि आफ्नो वातावरण जोगाउनु पर्छ भन्ने कुरामा पक्कै सहमत हुनुहुन्छ । यस अर्थमा तपाई केही महंगो परेपनि विद्युतीय सवारी वा हाईब्रिड किन्न तयारै हुनुहुने छ । तर यसकालागि हतारिनु पर्ने अवस्था छैन । विद्युतीय र हाईब्रिड कारमा प्रयोग हुने पावर वातावरणमैत्री रहेका छन् । केही समय पछि विद्युतीय र हाईब्रिड सवारी पनि सामान्य सवारी समान मूल्यमा उपलब्ध हुने छन् ।
त्यसैले हाइव्रिड वा बिद्युतीय कार किन्नु अघि त्यसमा भएका विकास क्रमलाई ध्यान दएिर निर्णय लिनु उपयुक्त हुन्छ ।