फक्सवागनको अर्को डिजेल स्क्यान्डलको आसंका, छानविन जारी

काठमाडौं । विश्वको सबैभन्दा ठूलो कार उत्पादक फक्सवागन ग्रुपले उत्पादन गरेको सवारीमा पुनःफल्ट देखिएको छ । यस्तो समस्या पछिल्लो समय फक्सवागन ग्रुपअन्तर्गतको अडीका गाडीमा देखिएको हो । फक्सवागन ग्रुपअन्तर्गतको अडी युनिटले डिजेल मोडलमा प्रयोग गरिएको नयाँ इन्जिन सफ्टवेरमा केही समस्या आएको जनाएको छ । 

उक्त मोडलको कार बिक्रीमा रोक लगाइएको कम्पनीले जनाएको छ । योसंगै जर्मनीको नियमकनिकाय फेडेरल मोटर ट्रान्सपोर्ट अथोरिटीले अनुसन्धान सुरु गरिसकेको छ । सीएनएनकाअनुसार अडीमा प्रयोग भएको सफ्टवेर अवैधानी कभएको जनाएको छ । 

अडीको एसिक्स लक्जरी स्यालोन र एसेभेट स्पोर्टी ह्याभब्याक ६ सिलिन्डर इन्जिनमा प्रदूषण कम देखाउने गलत सफ्टवेर प्रयोग गरिएको दाबी गरिएको छ । यसको पुष्टि भने विस्तृत अनुसन्धन पछि मात्रहुने छ । 

२०१५मा पनि फक्सवागनले गाडीको प्रदूषण सफ्टवेरमा बदमासी गरेको थियो । त्यतिबेला १ करोड १० लाख कारमा प्रयोग भएको प्रदूषण सफ्टवेरमा गडबडी भएको अनुमान थियो । जर्मन ट्रान्सपोर्ट मिनिस्ट्रीले त्यतिबेला ६० हजार कारमा गलत सफ्टवेर प्रयोग भएको र तीमध्ये करिब ३३ हजार कार जर्मनीमै रहेको बताएको थियो ।


Back_to_top