हुन्डाई ‘एक्टीभ आई २० फेसलिफ्ट’ नेपाली बजारमा, यस्तो छ मूल्य विशेषता

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई एक्टीभ आई २० फेसलिफ्ट नेपाली बजारमा ल्याएको छ । गत मे महिनामा भारतीय बजारमा लन्च भएको यो मोडेल नेपाली बजारमा प्रतिक्षित गाडीको रुपमा लिइएको छ । 

यो पनि पढ्नुस्ः हुन्डाई आई २० एक्टिभ फेसलिफ्ट VS. फोर्ड फ्रिस्टाइल, तपाईको रोजाईमा कुन ?

‘एक्टिभ आइ २० फेसलिप्ट’ मा कम्पनीले त्यति धेरै परिर्वतन भने गरेको छैन । तर, कारको फ्रन्ट ग्रिलमा ठूलै परिवर्तन गरिएको छ । दमदार लुकको लागि बडी क्लेडिङ र रुफ रेल्सको विशेषता दिइएको छ । अगाडि र पछाडि बम्पर्स दिइएको यो कारमा तल लगाइएको नम्बर प्लेट परिवर्तन गरि माथी बम्परमा लगाइएको छ ।

यस कारको लम्बाई ३९९५ एमएम रहेको छ भने चौडाई १७६० र व्हीलबेस २५७० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ । 

पुरानो एक्टिभ आई २० को नै इन्जिन दिइएको यो कारमा  १.२ लिटर क्षमताको कापा ५ पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ८२ विएचपी पावर दिन्छ  । 

७.० इन्चको इन्फोटेन्डमेन्ट सिस्टम, आर्कमी साउन्ड सिस्टम र एन्ड्रोयड बेस रिमोटले कारलाई निकै रिच देखाएको छ । भने पहिलो पटक यो सेग्मेन्टको कारमा कम्पनीले अडेप्टिभ इसिएम डिस्प्ले र रियर क्यामेरा जडान गरेको छ 

सुरक्षाकोलागि एन्टि लकिङ ब्रेकिङ सिस्टम दिइएको छ भने, मिड रेञ्जमा ड्राइभर साईड र टप रेञ्जमा ड्राइभर र प्यासेन्जर दुबै एयरब्याग दिइएको छ ।

यस कारको लम्बाई ३९९५ एमएम रहेको छ भने चौडाई १७६० र व्हीलबेस २५७० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ । 

यो कारले १७.१९ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । कम्पनीले यसमा आर १६ इन्चको डायमन्ड कट अलोय ब्हीलको साथ रेडिएल ट्युवलेस टायर दिएको छ । 

हुन्डाई आई २० एक्टीभ फेसलिफ्ट वेस र एस गरी दुई भेरियन्टमा बजारमा उपलब्ध छ । वेस मोडलको मूल्य ३३ लाख ९६ हजार र एस मोडलको मूल्य ३७ लाख ९६ हजार तोकिएको कम्पनीले जनाएको छ । 

सन् २००९ मा स्थापना भएदेखि, लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय र झन्झट मुक्त सेवा प्रदान गर्दै आएको छ । लक्ष्मी हुन्डाईले आफ्नो १३ डिलर र सर्भिस सेन्टरमो माध्यमबाट आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । 


Back_to_top