अनुहार परिवर्तन गर्दै ‘क्रेटा फेसलिफ्ट’

काठमाडौं । हुन्डाईले भारतमा उत्पादन गरेको सर्वाधिक सफल मोडल क्रेटाको फेसलिफ्ट मोडल अहिले परिक्षणमा देखिएको छ । परिक्षणमा देखिएको क्रेटा धेरै हदसम्म आफ्नो मिड साइज एसयूभी सान्ता-फेबाट प्रेरित रहेको देखिन्छ ।

अहिले नयाँ क्रेटाको धेरै भाग छोपेर परिक्षण भइरहेको कारण यसमा के कस्तो ठूलो परिवर्तन भएको छ भन्ने एकिन गर्न सकिदैन । हुन्डाईले यसलाई दक्षिण कोरियामा परिक्षण गरिरहेको तस्बिर बाहिर आएको हो ।

अघिल्लो वर्ष इन्डोनेशियामा बिक्री सुरु भएको क्रेटा हुन्डाई टुसानको जस्तो प्यारामेट्रीक ग्रीलमा आएको थियो । तर, भारतीय बजारमा उत्पादन हुने क्रेटा नयाँ २०२४ सान्ता-फे र केही दिनअघि मात्रै बिक्री सुरु भएको एक्सटरबाट प्रेरित रहेर आउने छ ।

सडक परिक्षण गरिरहेको क्रेटा फेसलिफ्टमा प्यालिसेडको जस्तै भर्टिकल हेडल्याम्प क्लस्टर रहने छ । एक्सटरमा दिइएको जस्तै एच आकारको एलइडी डीआरएल रहनेछ । यसको स्पाई सर्टमा देखिएको स्क्वायर डिटेलीङ सहितको नयाँ ग्रिल देखिएको छ ।

फेसलिफ्ट क्रेटामा मल्टीस्पोक डिजाइनको अलोय ह्वील, रि-डिजाइन गरिएको टेलगेट, नयाँ बम्पर र नयाँ डिजाइनको टेलगेट रहने छ ।

फेसलिफ्ट क्रेटाको फिचरहरु थुप्रै अपग्रेड हुने अनुमान गरिएको छ । कम्पनीले क्रेटामा पहिलो पटक ३६० डिग्री क्यामरा र एडास फिचर दिनेछ । हुन्डाईले यसको ड्यासबोर्ड पनि नयाँ प्रयोग गर्ने चर्चा सुरु भएको छ ।

डिजाइन र फिचरमा थुप्रै परिवर्तन गरेर ल्याउने तयारी भएको क्रेटामा पेट्रोल र डिजेल इन्जिन भने पुरानै मिल्ने छ । तर, यसअघिको १.४ लिटर टर्बो इन्जिन हटाएर नयाँ टर्बो इन्जिनमा आउने छ ।

केही दिनअघि मात्रै किया सेल्टोस फेसलिफ्टमा प्रयोग भएको १.५ लिटर पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनको साथमा नयाँ क्रेटा बजारमा आउने छ ।


Back_to_top