अमेरिकामा जम्दै हुन्डाईका इलेक्ट्रीक कार, यस्तो छ बिक्री

काठमाडौं । सन् २०२३ मा नेपाली बजारमा सोचे जस्तो ब्यापार गर्न नसकेको हुन्डाईले अमेरिकी बजारमा भने ४८ प्रतिशतले बिक्री बढाउन सफल भएको छ । तुलनात्मक रुपमा ईभीको प्रयोग अत्यन्त कम भएको अमेरिकी बजारमा हुन्डाईले आयोनीक-५ क्रसओभर र आयोनीक-६ सेडानको बिक्री निकै राम्रो गरेको हो ।

सन् २०२३ मा अमेरिकी बजारमा हुन्डाईले ४६ हजार ९१७ यूनिट विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले जनवरीदेखि डिसेम्बरसम्म गरेर ३३ हजार ९१८ यूनिट आयोनीक-५ अमेरिकामा बिक्री गरेको हो । जबकी मार्च २०२३ बाट बिक्री सुरु भएको आयोनीक-६ को बिक्री भने १२ हजार ९९९ यूनिट पुगेको कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

अमेरिकी बजारमा हुन्डाईले केही दिनअघि मात्रै आफ्नो चर्चित क्रसओभर मोडल कोना बिक्री सुरु गरेको छ । कम्पनीले सन् २०२३ मा पाएको बिक्रीबाट उत्साहित भएको जनाएको छ ।

ईभीको बिक्री ४७ हजार हाराहारी भएपनि पुरा अमेरिकामा हुन्डाईले ८ लाखभन्दा बढी यूनिट कार बिक्री गरेको जनाइएको छ । जुन सन् २०२२ को तुलनामा ११ प्रतिशतले बढी हो ।


Back_to_top