प्रिमियम सेग्मेन्टमा ‘आयोनीक-फाइभ’लाई अब्बल बनाउने ५ कारण

काठमाडौं । विद्युतीय कारको बजार हिस्सा पछिल्ला महिनामा ७५ देखि ८० प्रतिशतसम्म पुग्न थालेको छ । विशेषगरी २५ लाखदेखि ६५ लाख मूल्य भित्र पाइने विद्युतीय कारले बजारमा आफुलाई बलियोसँग स्थापित गरेको देखिन्छ ।

प्रिमियम सेग्मेन्टमा पनि बीएमडब्लू, टेस्ला, अउडी, बीवाइडी, किया, हुन्डाई हुँदै दिपलसम्मले कार बजारमा ल्याएका छन् । यी ब्राण्डले प्रिमियम सेग्मेन्टमा बिक्री गर्दै आएको कार मध्ये एक उत्कृष्ट मोडल हुन्डाई आयोनीक-फाइभ हो ।

हुन्डाईले सन् २०२१ मा विश्व बजारमा उतारेको आयोनीक-फाइभ अहिले निकै चर्चित इलेक्ट्रीक क्रसओभर मोडल हो । कम्पनीले यसलाई विभिन्न मोडलमा समेत ल्याएको छ । अहिले आयोनीक-फाइभको ‘एन’ मोडल आफ्नो पावर र पर्फमेन्सको कारण चर्चामा छ ।

त्यहि आयोनीक-फाइभको इन्ट्री भेरियन्ट भने नेपालमा पनि उपलब्ध छ । इन्ट्री भेरियन्ट भएरपनि नेपाल उपलब्ध प्रिमियम कार सेग्मेन्टमा उपलब्ध अन्य मोडलको तुलनामा यो कमजोर देखिदैन । मूल्यका हिसावले १ करोड २ लाख ९६ हजार पर्नेछ ।

अन्तर्राष्ट्रिय बजारमा उपलब्ध स्पेकको तुलनामा भने केही फिचर यसमा पक्कै कमी महसुस हुन्छ । अफिस थेममा बनेको कारण कार भित्रै ल्यापटप लगायतका डिजाइस चार्ज गर्दै चलाउने सुविधादेखि ‘एडास’ भित्र रहेका धेरै फिचर यहाँ चलाउन पाईदैन । त्यस्तोमा आज हामीले आयोनीक-फाइभका ५ बलियो पक्षका विषयमा यहाँ चर्चा गरेका छौं ।

रेन्जः लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा बिक्री गर्दै आएको आयोनीक-फाइभमा ५८ किलोवाट आवर क्षमताको ब्याट्री छ । यो क्रसओभर एसयूभीको लम्बाई ४६३५ एमएम, चौडाई १८९० एमएम र ह्वीलवेस ३०० एमएम छ । त्यसले यसलाई ठूलो साइजको एसयूभी भन्न सकिन्छ ।

साइजमा यति ठूलो भएर पनि कम्पनीले दावी गरेको ३५० किलोमिटर रेन्जभन्दा सडकमा धेरै पाउन सकिन्छ । मेरोअटो डटकमले गरेको टेष्ट ड्राइभमा आयोनीक-फाइभले ४०० किलोमिटर माथिसम्म रेन्ज पाएको छ ।

पर्फमेन्सः पावर टु वेट रेसियोमा अब्बल आयोनीक-फाइभको पर्फमेन्सले धेरैलाई सन्तुष्ट बनाएको पाइन्छ । यसले सून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन ८.५ सेकेन्ड लगाउँछ । यसको टप स्पीड क्षमता १८५ किलोमिटर प्रतिघन्टा रहेको छ । रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध भएको कारण यसको पर्फमेन्स निकै राम्रो छ ।

डिजाइनः भविष्य केन्द्रित डिजाइनको लागि परिचित आयोनीक-फाइभको रोड प्रेजेन्स किनै आकर्षक देखिन्छ । हिडन डोर ह्याण्डल, बाक्लो बडी क्लाडिङ, क्लासिकल फ्रन्ट ग्रिल, पृथक एलइडी हेडल्याम्प र यूनिक ह्वील डिजाइनको कारण यसको फरकपन सडकमा देखिन्छ ।

यसको पछाडिको भागलाई पनि निकै क्लासिक-मोर्डन लुक्समा पाउन सकिन्छ । कारमा प्रयोग भएको कटिङ एज टेक्नोलोजीले जो कोहीलाई लोभ्याउने छ ।

इन्टेरियरः हुन्डाईले यसको उत्पादन वातावरणमैत्री बनाएको दावी गर्छ । रिसाइकल प्लास्टीकदेखि खेरजाने थुप्रै बस्तुको पुन प्रयोग गरिएको छ । भेगन लेदर सिट, रिसाइकल बस्तुबाट बनाइएको ड्यासबोर्ड, मोर्डन स्टेरिङ ह्वील, आफ्नो सहजता अनुसार मिलाउन मिल्ने सेन्टर कन्सोल र आर्मरेष्ट यसमा पाउन सकिन्छ ।

सिटहरु निकै आरामदायी छन् । चलाउँदा पृथक अनुभव प्रदान गर्न सक्षम आयोनीक-फाइभले यात्रु र चालक दुबैलाई सन्तुष्ट बनाउँछ ।

फास्ट चार्जिङः विद्युतीय कारहरु चार्जिङमा कुर्दा प्रयोगकर्तालाई बोरिङ फिल गराउन सक्षम हुन्छन् । कतै गाडीले चार्ज छिटो नलिने, कतै भोल्टेज नै नपुग्ने जस्ता घटना सामान्य हुन् ।

तर, आयोनीक-फाइभ फास्ट चार्जरको मामलामा अहिलेसम्म बजारमा उपलब्ध विद्युतीय गाडीमध्ये अब्बल मोडल हो । हुन्डाई मोटर ग्रुपको ‘इ-जीएमपी’ ८०० भोल्ट आर्किटेक्चरमा तयार भएको यो क्रसओभरले ३५० किलोवाटसम्मको फास्ट डिसी सपोर्ट गर्छ ।

अहिले नेपालमा १२० किलोवाट माथिको चार्जर नभएको कारण यसलाई तिब्र चार्ज भने गर्न पाइदैन ।


Back_to_top