काठमाडौं । हुन्डाई मोटरले भारतमै डिजाइन गरी इलेक्ट्रीक गाडी उत्पादन गर्ने घोषणा गरेको छ ।
कम्पनीले २०३० भिजन सार्वजनिक गर्दै भारतमा पहिलो पटक स्थानीय डिजाइन गर्दै हुन्डाईको इलेक्ट्रीक भेहिकल उत्पादन गर्ने घोषणा गरेको हो ।
हालै न्यूयोर्कमा भएको इन्भेस्टर डे समिटमा हुन्डाईका सीईओ होजे मुनोजले भारत हुन्डाईको ग्लोबल एक्सपान्सन मुख्य खम्बा रहको बताएका थिए ।
उनले भारतमा डिजाइन गरी बनाइने ईभी सन् २०३० भन्दा अगाडि नै लन्च हुने जानकारी दिए । उक्त ईभी निर्माण गर्दा भारतमै उपलब्ध कच्चा पद्धार्थको अधिकतम प्रयोग गरिने बताए ।

यो ईभी भारतीय ग्राहकको आवश्यक्तालाई मध्यनजर गरी उत्पादन गरिनेछ । भारतमा उत्पादन हुने ईभी अफोर्डेबल, उपयोगी र स्थानीय आवश्यकता अनुसारको हुनेछ ।
हुन्डाईले भारतको पुनेमा रहेको प्लाण्टलाई मल्टी मोडल एक्स्पोर्ट हबको रुपमा लिएको छ । कम्पनीले सन् सन् २०३० सम्म यस प्लाण्टको क्षमता थप २ लाख ५० हजार युनिट बढाउने भएको छ ।
हुन्डाईले सन् २०३० सम्ममा वार्षिक ५५ लाख भन्दा धेरै गाडी बिक्री गर्ने लक्ष्य राखेको छ । यसमध्ये ३३ लाख युनिट विद्युतीय हुने कम्पनीले जनाएको छ ।

