अगाडि दुई पाङ्ग्रा भएको स्कुटर नेपाल आउदै

काठमाडौं । चिनियाँ कम्पनी दुहानको स्मार्ट स्कुटर नेपाली बजारमा उपलब्ध हुने भएको छ । यसलाई नेपाली बजारमा क्यालिवर अटोले ल्याउन लागेको हो ।

अगाडि दुई पाङ्ग्र र पछाडि एउटा मात्र पाङ्ग्र प्रयोग भएको ‘आई ट्याङ्क’ इलेक्ट्रीक स्कुटरमा बोस्चको १८५२ वाटको मोटर प्रयोग भएको छ । अत्यन्त कम समयमा फुल चार्जगर्न सकिने दावी गरिएको यो स्कुटरको टप स्पीड क्षमता ४५ किलोमिटर प्रतिघन्टासम्म रहेको छ । यसमा प्रयोग भएको व्याट्रीलाई एक पटकको फुल चार्जमा ७० किलोमिटरसम्म चलाउन सकिन्छ ।

यो स्कुटरको विषयमा कम्पनीले धेरै जानकारी दिएको छैन । संम्भवत जेठको पहिलो साताबाट यसको विक्री वितरण सुरु हुनेछ ।


Back_to_top