भी-२३ को ब्याट्री ‘स्वापिङ’ गर्न मिल्ने, केही दिन भित्रै नेपालमा बिक्री थालिने

काठमाडौं । चिनियाँ ब्राण्ड चेरीको स्वामित्वमा रहेको आइकार ब्राण्डमा चर्चा कमाइरहेको मोडल ‘भी-२३’को ब्याट्री स्वापिङ गर्न मिल्ने भएको छ । कम्पनीले चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा पेश गरेको अनुमति पत्रमा ब्याट्री स्वापिङ टेक्नोलोजीको कुरा उल्लेख भएको हो ।

आइकार भी-२३ एसयूभी रगेड डिजाइन, अफरोड एस्थेटिक र सार्प बडीलाईको कारणा चर्चा कमाइरहेको मोडल हो । चीन, युरोप र अन्य एशियाली देशहरुमा भी-२३ एसयूभीको खुबै चर्चा भइरहेको छ । त्यसमा चीन जस्तो बजारमा ब्याट्री स्वापिङ टेक्नोलोजी प्रयोग हुँदा उपभोक्ताको चार्जिङ समय ठूलो मात्रामा बचत हुने र यसको बिक्री बढ्ने अनुमान छ ।

नेपाली बजारमा तीन महिना अगाडि नै प्रदर्शनी भएको आइकार भी-२३ को आधिकारीक बिक्री यही डिसेम्बर महिनाबाट सुरु हुँदैछ । अहिले यी गाडी नेपाल आउने क्रममा बाटोमै छन् । एसपीजी अटोमोबाइलले बिक्री गर्ने आइकार भी-२३ निकै आकर्षक बडी डिजाइनमा उपलब्ध हुनेछ । ब्याट्री स्वापिङ टेक्नोलोजी भएको मोडल भने नेपाली बजारमा उपलब्ध हुनेछैन ।

कम्पनीले ४७ लाखभन्दा कम मूल्यमा नै बिक्री थाल्ने घोषणा सहित आइकार भी-२३को बुकिङ लिएको थियो । अब यसको आधिकारीक मूल्य घोषणा सहित बिक्री सुरु गर्न लागिएको हो ।

लाइफ स्टाइल अफरोड एसयूभी डिजाइनमा तयार भएको गाडीले धेरै युवा ग्राकहको ध्यान तान्ने देखिएको छ । नेपालमा अहिले भएको बुकिङमा २५ देखि ४० वर्ष उमेर समूहले आइकार भी-२३ लाई धेरैले मनपराएको कम्पनीको बिक्री केन्द्रहरुले जनाएका छन् ।

यसको अर्को राम्रो र बलियो पक्ष १०० किलोवाटको रियर ह्वील ड्राइभ मोटर हो । उक्त मोटरलाई पावर दिन ६० किलोवाट अवारको एलएफपी ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रेन्ज दिने अनुमान गर्न सकिन्छ ।

आइकार भी-२३ को फ्रन्टमा स्मोक्ट फ्रन्ट ग्रिल, राउण्ड हेडलाइट र स्क्वायर अफ फेस रहेको छ । आइकारले यसको छतमा लगेज र्याक, हिडन डोर ह्याण्डल, एक्सटरनल स्टोरेज कन्टेनर दिएको छ । यसकै कारण पनि यसलाई प्योर अफरोडरको झल्को दिलाएको छ ।

भी-२३ को इन्टेरियरमा क्वालकम स्न्याप ड्रायगन ८१५५ चिपको पावर भएको १५.४ इन्चको सेन्टर टचस्क्रीन, इलेक्ट्रीकल्ली एड्जस्टेबल र भेन्टिलेटेड फ्रन्ट सिट, ७ वटा स्पीकर सहितको अडियो सिस्टम, ९० लिटरको अन्डर फ्लोर ट्रङ्क र अन्डर सिट कम्पार्टमेन्ट, अटोमेटिक पार्किङ सिस्टम, ड्राइभर असिस्ट सिस्टम दिएको छ ।

आइकार भी-२३ इलेक्ट्रीक एसयूभीको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम, उचाई २७३५ एमएम रहेको छ । अफरोड क्षमताको यो एसयूभीको ग्राउण्ड क्लियरेन्स २०५ एमएम, अप्रोच एङ्गल ४३ डिग्री, डिपार्चर एङ्गल ४१ डिग्रीको रहेको छ ।


Back_to_top