काठमाडौं । चिनियाँ बजारको दममा विश्वकै ठूलो कार निर्माता बन्ने दौडमा सफलता चुमेको फक्सवागेनलाई बीवाइडीले पछाडि धकेलिदिएको छ । सन् २०२३ को ९ महिनाको तथ्यांकका आधारमा नै फक्सवागेनलाई बीवाइडीले उछिनेको हो ।
चीनमा सन् २०२३ को ९ महिनामा १ करोड ५२ लाख २३ हजार ९ सय यूनिट कार बिक्री भएका छन् । जसमा ३५ लाख १३ हजार यूनिट ब्याट्री इलेक्ट्रीक र १६ लाख ७८ हजार यूनिट प्लगइन हाइब्रिड कार बिक्री भएका हुन् । यो आंकडा अनुसार चाइनामा न्यू इनर्जी भेहिकलको बिक्रीको हिस्सा ३४.१ प्रतिशत पूगेको छ ।
चीनमा यस अवधिमा सबैभन्दा धेरै कार बिक्री गरेको बीवाइडीले १७ लाख ९२ हजार ८०२ यूनिट कार बिक्री गरेको छ । बीवाइडीले चीनमा ११.७६ प्रतिशत बजार हिस्सा पु¥याएको छ ।
विगत १० वर्षदेखि निरन्तर २३ लाखदेखि ३३ लाख यूनिट वार्षिक कार बिक्री गर्दै आएको फक्सवागेनले ९ महिनामा १५ लाख ६१ हजार ७४३ भेहिकल बिक्री गरेको छ । यस हिसावले फक्सवागेनले ठूलो बजार हिस्सा गुमाउने देखिएको छ ।
तेस्रोमा टोयोटाले १२ लाख ४८ हजार ३४५ यूनीट गाडि बिक्री गरेको छ । टोयोटाले चीनमा आफ्नो बिक्री बढाउन सफल भएको देखिन्छ । कम्पनीले अर्को जापानी ब्राण्ड होन्डालाई उछिनेको हो ।
चौथो स्थानमा रहेको होन्डाले ८ लाख २८ हजार ५५३ यूनिट कार बिक्री गरेको छ । जर्मन र दुई जापानी ब्राण्डपछि धेरै गाडी बिक्री गर्ने सूचीमा चीन कै ब्राण्ड चांगान पाँचौ स्थानमा छ । उसले ९ महिनामा ७ लाख १८ हजार ३५७ भेहिकल बिक्री गरेको हो ।
ब्राण्ड अनुसार अन्य कम्पनीले लिड गरेपनि सिंगल मोडलमा ९ महिनामा सबैभन्दा धेरै बिक्री टेस्लाको मोडल वाई भएको छ । मोडल वाई ३ लाख २० हजार १०९ यूनिट बिक्री भएको हो ।
दोस्रो स्थानमा बीवाइडी क्वीन प्लस ३ लाख १७ हजार ११५ यूनिट बिक्री भएको तथ्यांक बाहिर आएको छ । तेस्रो स्थानमा पनि बीवाइडी कै सोङप्लस मोडल २ लाख ५७ हजार ३८० यूनिट बिक्री भएको हो ।
चौथोमा निसान सेल्फी २ लाख ५७ हजार २८० यूनिट बिक्री भएको हो । पाँचौमा फक्सवागेनको लाभिडा २ लाख ४६ हजार ६ सय ५६ यूनीट बिक्री भएको छ ।


