काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएम किन्न चाहने ग्राहकले १० प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा पाउने भएका छन् । कम्पनीले ९.९९ प्रतिशतमा नै केटीएम मोटरसाइकल किन्ने सकिने स्कीम ल्याएको हो ।
केटीएमको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले केटीएमको कुनैपनि मोटरसाइकल ९.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने स्कीम ल्याएको हो । यही स्कीम अन्तर्गत ग्राहकले एक्सचेन्ज सुविधासमेत पाउने कम्पनीले जनाएको छ ।
यो स्कीममा केटीएमका मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यसका बाँकी रकममा ९.९९ प्रतिशत मात्र ब्याज लाग्ने कम्पनीले जनाएको छ । यो स्कीममा ग्राहकले १८ महिनामा बाँकी रकम चुक्ता गर्नु पर्ने हुन्छ ।
केटीएमले हाल नेपाली बजारमा केटीएम २०० ड्यूक, ३९० ड्यूक, २५० ड्यूक, २५० एड्भेन्चर, ३९० एड्भेन्चर, आरसी २०० र आरसी ३९० विक्री गर्दै आएको छ ।


