काठमाडौं । महिन्द्राले गत वर्षको अगस्टमा आफूले विकास गरिरहेको ‘बर्न ईभी कन्सेप्ट’मा आधारित मोडलहरु देखाएको थियो । कम्पनीले एक्सयूभी र बीई दुईवटा सव-ब्राण्डमा नयाँ मोडलहरु देखाएको थियो ।
महिन्द्राले यसअघि इन्टरनल कम्बस्चन इन्जिनमा बजारमा ल्याइसकेका मोडललाई एक्सयूभी सिरिज र प्योर इलेक्ट्रीक गाडीलाई बीई सब ब्राण्डमा ल्याउन लागेको हो । एक्सयूभ िसिरिजमा एक्सयूभी ४०० अहिले बजारमा बिक्री भइरहेको मोडल हो ।
कम्पनीले बीई सिरिजमा ‘०५’ मोडल परिक्षण थालेको छ । कम्पनीले भारतको चेन्नाईमा परिक्षणको क्रममा बीई–०५ देखिएको हो । महिन्द्राका सीइओ राजेश जेजुरीकाले आफ्नो टुइटर एकाउन्ट मार्फत नयाँ कारको इन्टेरियरका केही तस्बीर बाहिर ल्याएका हुन् ।
महिन्द्राको बीई–०५ ईभी २१ औ शताब्दीको फ्यूचरिस्टीक र्याडिकल डिजाइनमा आधारित हुनेछ । यसको सबैभन्दा यादगार डिजाइन अगाडिको भागमा देख्न सकिन्छ । कम्पनीले यसमा ठूलो साइजको सि आकारको एलइडी डिआरएल प्रदान गरेको छ ।
कुप्पे डिजाइनमा आउने बीई–०५ एसयूभीको लम्बाई ४३७० एमएम, चौडाई १९०० एमएम र उचाई १६३५ एमएम रहने छ । महिन्द्राले यसमा २७७५ एमएमको ह्वीलवेस दिनेछ ।

यसको इन्टेरियरमा होरिजेन्टल माउण्टेड ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्टल कन्सोल, प्रिमियम साउन्ड सिस्टम, मोवाइल वायरलेस चार्जिङ प्याड, भेन्टीलेटेड सिट, ड्यूल जोन क्लाइमट कन्ट्रोल र एडिएएस जस्ता हाइटेक फिचरहरु रहनेछन् ।
महिन्द्राको ‘स्केलेवल डेडिकेटेड इनग्लो ईभी प्लेटफर्म’मा बन्ने यो एसयूभीमा ६० देखि ८० किलोवाट आवरसम्मको ब्याट्री प्याक रहनेछ । यसको रेन्ज ४५० किलोमिटरभन्दा बढि हुने अनुमान गरिएको छ ।
परीक्षणमा देखिएको यो एसयूभी आगामी वर्षको अन्त्यबाट बिक्री सुरु हुने अनुमान गरिएको छ ।


