बचत अनुसारको स्कीममा यामाहाका मोटरसाइकल किन्न पाइने

काठमाडौं । यामाहाका मोटरसाइकलमा फाइनान्स स्कीम सार्वजनिक भएको छ । कम्पनीले लो डाउन पेमेन्टदेखि ब्याज नलाग्नेसम्मको स्कीम ल्याएको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू इन्टरप्रायजेजले ४ लाखभन्दा कम मूल्यका मोटरसाइकलमा फाइनान्स स्कीम ल्याएको हो ।

कम्पनीले ल्याएको ३० प्रतिशत डाउन पेमेन्ट स्कीममा ४ लाखभन्दा कम मूल्यको यामाहाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले ३० महिनाको किस्ता अवधि पाउनेछन् । यो स्कीममा ग्राहकले १५.९९ प्रतिशत ब्याजमा कर्जा पाउने छन् । ग्राहकले २४ महिनाको मासिक किस्तामा १४.९९ र १८ महिनाको किस्तामा १३.९९ प्रतिशत ब्याजमा कर्जा पाउने छन् ।

त्यसैगरी ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर ६ महिना अवधिमा बाँकी रकम चुक्ता गर्ने हो भने शून्य प्रतिशत ब्याजमा नै मोटरसाइकल खरिद गर्न सक्नेछन् । ५० प्रतिशत डाउन पेमेन्ट गरेर १८ महिनाको किस्तामा ११.९९ प्रतिशत, २४ महिनामा १२.९९ प्रतिशत र ३० महिनामा १३.९९ प्रतिशत ब्याजदर लाग्ने कम्पनीले जनाएको छ ।

यसका साथै ४० प्रतिशत डाउनपेमेन्ट गर्ने ग्राहकले १८ महिना २४ महिना र ३० महिनाको मासिक किस्ता छनोट गर्न सक्नेछन् । १८ महिनाको किस्तामा १२.९९ प्रतिशत, २४ महिनामा १३.९९ प्रतिशत, ३० महिनाको किस्तामा १४.९९ प्रतिशत ब्याज बुझाउनु पर्ने हुन्छ ।

यो स्कीम यामाहाका ४ लाखभन्दा माथिका मोटरसाइकलमा लागू नहुने कम्पनीले जनाएको छ ।


Back_to_top