आउँदै गरेको लट ‘आईएक्स-१’ सोल्ड आउट, यस्तो छ नयाँ मूल्य

काठमाडौं । लग्जरी सेग्मेन्टमा विद्युतीय कार खोज्ने ग्राहकलाई धेरै अप्सन छैन । प्रिमियम ब्राण्डमा मर्सिडिजका इलेक्ट्रीक कार नेपाल छैनन् । अउडीले पनि सहजै किन्न पाइने गरेर बिक्रीको लागि उपलब्ध गराएको छैन ।

ब्राण्डमा केन्द्रित हुने उपभोक्ताले अहिले पनि चिनियाँ उत्पादनलाई प्रिमियम मान्न सकेका छ्रैनन् । यस्तोमा प्रिमियम ब्राण्डको इलेक्ट्रीक एसयूभीमा बीएमडब्लूको एकछत्र राज देखिन्छ । आउँदै गरेको लटका सम्पूर्ण मोडल बुकिङ रहेको कम्पनीको भनाइ छ ।

बीएमडब्लूले सुरुवातमा आइएक्स-३ मोडल ल्याएर बिक्री गरेकोमा नयाँ मोडलको रुपमा लक्ष्मी प्रिमियमले आइएक्स-१ क्रसओभर एसयूभी बिक्री थालेको थियो । बजेट पछाडि मूल्य बढेर १ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

जर्मनी लग्जरी ब्राण्ड बीएमडब्लूको सबैभन्दा कम मूल्यको एसयूभी भएको कारण पनि धेरैको आकर्षण रहेको कम्पनीका सेल्स हेड प्रबोद श्रेष्ठ बताए ।

‘राइट साइज, राइट प्राइसिङ र बीएमडब्लूको जेनेरेशन ५ ब्याट्रीप्याक तथा लेटेस्ट अपरेटीङ सिस्टम भएका कारण यसमा ग्राहकको आकर्षण बढेको हो । बीएमडब्लूले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराएको लेटेस्ट कर्भ ककपिट डिजाइन र लग्जरी ईभीमा १८० एमएमको उच्च ग्राउण्ड क्लियरेन्सका कारण यसलाई धेरैले रोज्नु भएको हो ।’

बीएमडब्लूको ब्राण्ड, सुरक्षामा ५ स्टार रेटिङ र १५० किलोवाट पीकपावर भएको मोटर यसमा दिइएको छ । यसले २४७ न्यूटन मिटर टर्क प्रदान गर्छ । यो ईभी ८.६ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको स्पीडमा गुड्न सक्छ । यसको टप स्पीड १७० किलोमिटर प्रतिघण्टा रहेको छ ।

बीएमडब्लू आईएक्स-१को लम्बाई ४५०० एमएम, चौडाई १८४५ एमएम, उचाई १६१६ एमएम छ । यसमा २६९२ एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

कम्पनीले यसमा ६६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्रीप्याक दिएको छ । यसले एक पटकको फुल चार्जमा ४७५ किलोमिटरसम्म रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ । यसमा रहेको ब्याट्रीलाई १३० किलोवाटसम्मको डिसी फास्ट चार्जर २९ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ । यसलाई १० मिनेट चार्ज गर्दा १२० किलोमिटर गुडाउन सकिन्छ ।

आकर्षक एक्टेरियर डिजाइन र लग्जरी इन्टेरियरले धेरैको ध्यान खिच्छ । यसको फ्रन्टमा डबल किड्नी क्लोज ग्रिल, स्लीम एडाप्टीभ एलइडी लाइट, लोअर बम्परमा अटोमेटीक एयरभेन्ट दिइएको छ । निकै एरोडाइनामिक डिजाइनमा तयार भएको एसयूभीमा ड्रयाग कोफिसीयन्ट जम्मा ०.२६ मात्रै छ ।

बीएमडब्लूले पहिलो पटक फ्रेमलेस स्लीम कर्भ कनेक्टेड डिस्प्ले दिएको छ । १०.७ इन्चको इन्फोटेन्मेन्ट तथा १०.५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले निकै स्मार्ट लाग्छ । चालकको सहजताको लागि हेडअप डिस्प्ले समेत छ । यो आधुनिक मल्टीमिडीया ककपिटमा टच र भोइस कन्टोल गर्न सकिनेछ ।

सेन्टर कन्सोलमा क्लासिक डिजाइनको म्यानुअल सुइचका साथमा वायरलेर फोन चार्जिङ ट्रे दिएको छ । भर्नास्का लेदर कभर दिएको इलेक्ट्रीक एड्जस्टेबल ड्राइभर सिटमा मसाज तथा लम्बार फङ्सन पनि छ ।

डिउल जोन अटोमेटीक क्लाइमेट कन्ट्रोल, प्यानारोमिक ग्लासरुफ, १२ वटा स्पीकर सहितको हर्मन कार्डनको म्युजिक सिस्टम, इलेक्ट्रीक टेलगेट, १९ इन्चको अलोय ह्वील यसमा छन् ।

त्यसैगरी चालकका लागि लेन किप असिस्ट, अडाप्टीभ स्पीड कन्ट्रोल सिस्टम, रिभर्सिङ असिस्ट सिस्टम, पार्किङ असिस्ट सिस्टम पनि पाउन सकिन्छ ।


Back_to_top