नेपालमा पहिलो पटक देखियो इलेक्ट्रीक पीकअप, यस्ता छन् फिचर

काठमाडौं । नेपाली सडकमा परिक्षणको क्रममा पहिलो पटक इलेक्ट्रीक पीकअप देखिएको छ । सडकमा परिक्षण भइरहेको पीकअप ‘जेएसी’ कम्पनीको हो ।

पेट्रोल/डिजेलबाट चल्ने डबलक्याव जस्तै देखिएको जेएसीको पीकअप पूर्णत इलेक्ट्रीक गाडी हो । यसमा पनि चालकसहित ५ जना मानिसले अगाडि आरामसँग यात्रा गर्न सक्छन् भने पछाडि कार्गो राख्ने स्थान रहेको छ ।

परिक्षणमा देखिएको पीकअप ‘जेएसीको टी ८’ मोडल हो । यसको लम्बाई ५६१५ एमएम, चौडाई १८८० एमएम र उचाई १८३० एमएम रहेको छ । यसको ह्वीलवेस ३३८० एमएम रहेको छ । यसमा करिब २०० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

‘जेएसीको टी ८’ मा ६७.२ किलोवाट क्षमताको लिथियम आयोन फस्फेड व्याट्री दिइएको छ । यसमा रहेको व्याट्रीलाई एक पटकको फुलचार्ज गरेपछि ३०० किलोमिटर गुडाउन सकिने एनइडीसीले प्रमाणित गरेको छ । यसमा रहेको ‘पीएमएसएम’ मोटरले अधिकतम १५० पीएस पावर र ३३० एनएम टर्क प्रदान गर्छ ।

यो पीकअपमा इलेक्ट्रीक हाइड्रोलिक स्टेरिङ, अगाडि चक्कामा डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक दिइएको छ । अटोमेटिक गियरबक्स, रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम, म्यनुयल एसी, लेदर सिट, चार्जिङ इन्डिकेटर, स्टेरिङ ह्वील अडियो कन्ट्रोल, तल माथि मिलाउन मिल्ने स्टेरिङ, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, डायमन्ट कट अलोय ह्वील, एबीएस, ओबीएस, सिट वेल्ट, एलइडी रनिङ लाइट, अगाडि र पछाडि फगल्याम्प जस्ता फिचर उपलब्ध रहेका छन् ।


Back_to_top