काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले जर्मनको प्रिमियम कार ब्राण्ड मर्सिडिज बेन्जको आधिकारीक वितरक लिएको हो । यसअघि किशोर वादे श्रेष्ठले आयात गर्दै आएको मर्सिडिजमा शंकर ग्रुपले इन्ट्री मारेको हो ।
विगत लामो समयदेखि नेपाली बजारमा उपलब्ध भएर पनि कम्पनीले आफ्नो नेटवर्क विस्तार गर्न नसक्नु र विक्रीमा उल्लेखनिय प्रगति नहुँदा किशोर गियरसँग डिलरसीप हटाएर जगदम्बा मोटर्सलाई दिइएको हुन सक्छ ।
जगदम्बा मोटर्स नेपालमा टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता हो । साथै, कम्पनीले प्रोटोन र जेएमसी जस्ता फोर ह्वीलरको समेत आधिकारीक विक्रेता भएर काम गर्दै आएको छ ।


