तयार हुँदै जीप र्‍याङ्गलर ईभी, के अपेक्षा गर्ने ?

काठमाडौं । जीपले सन् २०२८ सम्ममा ब्याट्री इलेक्ट्रीक र रेन्ज एक्सटेन्डर (आरईएक्स) पावर ट्रेनसहित नयाँ जेनेरेसनको र्‍याङ्गलर बजारमा ल्याउने लक्ष्यका साथ काम गरिरहेको छ ।

सन् १९८० को दशकमा सार्वजनिक भएपछि आइकनिक अमेरिकी अफरोडरमा जीपले पहिलो पटक महत्वपूर्ण परिवर्तन गर्न लागेको हो । युनाइटेड अटो वर्कर (युएडब्लु)सँग स्टेलेन्टीसले भर्खरै गरेको सहमति पत्रमा र्‍याङ्गलरसहित जीपका अन्य उत्पादन नयाँ टेक्नोलोजीमा रुपान्तरण गर्ने उल्लेख छ ।

जीपले आफ्नो चर्चित अफरोड मेशिनलाई सन् २०२५ मा प्लगइन हाइब्रिड टेक्नोलोजीको साथ बजारमा बिक्री सुरु गर्ने छ । यसको विभिन्न चरणमा परिक्षण समेत भइसकेको छ ।

हाल र्‍याङ्गलर लाइनअपमा ‘फोर बाई ई’ नाम दिइएको हाइब्रिड टेक्नोलोजी रहेको छ । सन् २०२५ मा दुवै र्‍याङ्गलर र ग्ल्याडीयटर पीकअपमा अपग्रेडेड प्लगइन हाइब्रिड पावरट्रेन उपलब्ध हुनेछ ।

सन् २०२८ मा पूर्ण नयाँ जे-७० जेनेरेशनको र्‍याङ्गलरले अहिलेको मोडललाई पदस्थापन गर्नेछ । त्यसपछि पूर्ण इलेक्ट्रीक र ‘रेन्ज इलेक्ट्रीक पाराडाइम ब्रेकर’ पावरट्रेन हुनेछ । स्टेलेन्टीसले ‘कम्बुसन असिस्टेड इलेक्ट्रीक’लाई ‘रेन्ज इलेक्ट्रीक पाराडाइम ब्रेकर’ नाम दिएको हो ।

नयाँ ‘एसटीएलए फ्रेम प्लेटफर्म’

नयाँ जेनेरेशन इलेक्ट्रीक र्‍याङ्गलर ‘एसटीएलए फ्रेम प्लेटफर्म’मा निर्माण हुनेछ । जुन सन् २०२५ मा उत्पादन हुने आएएम–१५०० आरईभी पिकअप ट्रकमा प्रयोग हुनेछ ।

‘बडी-अन-फ्रेम प्लेटफमर्’ स्टेलेन्टीसले आउँदो वर्षदेखि उत्पादन गर्ने नयाँ मोडेलमा प्रयोग हुने ईभी आर्किटेक्चरको नयाँ अंश हुनेछ । यो प्लेटफर्म गाडीको पेलोड र टोविङ क्यापासिटीमा बढी केन्द्रित हुनेछ । १५०० आरइभीको पेलोड १२२४ केजी र टोविङ क्यापासिटी ६३५० केजी हुनेछ ।

र्‍याङ्गलर ईभीसँग रहनेछ जीप रेकन

र्‍याङ्गलर ईभी सार्वजनिक हुनअघि जीपले रेकन नामको रगेड इलेक्ट्रीक एसयूभी ल्याउने योजना बनाएको छ । स्टेलेन्टीसको सडक–केन्द्रित, मोनोकक कन्स्ट्रक्सन एसटीएलएल लार्ज प्लेटफर्ममा आधारित हुने रेकनमा अफरोड क्यापाबिलिटी हुनेछन् ।

जीपको युरोपेली सीआइओ एन्टोनेला ब्रुनोले दुवै इलेक्ट्रीक ‘फोर बाई फोर’ उत्पादन हुने घोषणा गरिसकेका छन् । ‘युरोपमा रेकन ह्वाइट–स्पेस कार हुनेछ । यो युनिक, बक्सी र क्षमतावान हुनेछ । र जीपले यसलाई र्‍याङ्गलरको सेग्मेन्टभन्दा तल पोजिसन गर्नेछ, ब्रुनोले भनेका छन् ।


Back_to_top