टेस्लाका कार २०२३ को लागि सोल्ड आउट

काठमाडौं । इलेक्ट्रीक भेहिकलमा विश्वलाई नै नेतृत्व गरिरहेको टेस्लाका उत्पादन चीनमा सन् २०२३ को लागि ‘सोल्ड आउट’ भएको छ । कम्पनीले अब किन्न चाहने ग्राहकले २०२४ को उत्पादन मात्रै डेलिभरी पाउने छन् ।

टेस्लाको संघाई गिगा फ्याक्ट्रीको सबै उत्पादन सोल्ड आउट भएको टेस्लाले जनाएको छ । कम्पनीको सबैभन्दा ठूलो प्लान्ट नै चीनमा रहेको छ । उक्त प्लान्टले वार्षिक ९ लाख ५० हजार यूनिट कार उत्पादन गर्ने क्षमता राख्छ ।

टेस्लाले सन् २०२३ मा १८ लाख गाडी बिक्री गर्ने लक्ष्य राखेको छ । उक्त लक्ष्य भेट्टाउन लागि परेको कम्पनीले चीनमा मोडल थ्री र मोडल वाईको उत्पादन गर्दै आएको छ ।

टेस्लाले मोडल वाईलाई तीन भेरियन्टमा बिक्री गर्दै आएको छ । यसको वेस भेरियन्टमा रियर ह्वील ड्राइभ, ड्यूल मोटर भएको अल ह्वील ड्राइभ लङ रेन्ज र अल ह्वील ड्राइभ पर्फमेन्स भेरियन्ट छन् । यसको वेस भेरियन्टको सुरुवाती मूल्य ३७ हजार १८० डलर रहेको छ ।

गत नोभेम्बरको रिपोर्ट अनुसार टेस्ला चाइनाले ८२ हजार ४३२ वटा कार उत्पादन गरेको थियो । जसमा १६ हजार ९२८ वटा निर्यात भएको र बाँकी ६५ हजार ५०४ वटा चीनमा नै बिक्री भएको थियो ।


Back_to_top