अपग्रेड भयो ‘आरटीआर १६० फोर भी’, थपिए यस्ता फिचर

काठमाडौं । टीभीएसले आफ्नो चर्चित र सर्वाधिक सफल मोडल अपाचे आरटीआर १६० फोर भीको २०२४ मोडल सार्वजनिक गरेको छ । कम्पनीले भारतको गोवामा जारी ‘मोटोशोल’ कार्यक्रममा नयाँ आरटीआर प्रदर्शनी गरेको हो ।

नयाँ अपाचे आरटीआर १६० फोर भीमा ड्यूल च्यानल एबीएस, कल र एसएमएस अलर्ट, तीन नयाँ राइडिङ्ग मोड, भ्वाइस असिस्ट सिस्टम, र क्र्यास अलर्ट जस्ता नयाँ फिचर थप भएको आएको हो । योसँगै १६० फोर भी थप सुरक्षित र लग्जरी भएको छ ।

टीभीएसले यसमा १५९.७ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर र आयलकुल्ड, एसओएचसी एफआई इन्जिनलाई नै निरन्तरता दिएको छ । उक्त इन्जिनले अधिकतम १७.७५ ब्रेकबर्स पावर र १४.७३ एमएम पीक टर्क स्पोर्ट मोडमा जेनेरेट गर्नेछ ।

अन्य मोडमा पावर केही कम हुनेछ । अर्वान र रेन मोडमा भने अधिकतम १५.६४ ब्रेकहर्स पावर र १४.१४ एनएम पीकटर्क पाउन सकिन्छ । मोटरसाइकलमा ५ स्पीड गियरबक्स दिइएको छ ।

स्पोर्टी ग्राफिक डिजाइन रहेको आरटीआर १६० फोर भीमा एलइडी हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, टर्न वाय टर्न नेभिगेसन सिस्टम दिइएको छ ।

रेसिङ डिएनएबाट प्रेरित यो मोटरसाइकल १४० किलोमिटर प्रतिघण्टासम्मको रफ्तारमा गुडन सक्षम छ । नयाँ १६० फोर भीमा स्मार्ट कनेक्ट, फ्रन्ट फेन्डर, हेड्ल्याम्प काउल, इन्जिन काउल, अन्डर सीट प्यानल फ्युल ट्यांक काउल, ट्युबलेस टायर, १७ इन्च अलोय ह्वील, डुवल डिस्क ब्रेक, फ्रन्ट टेलिस्कोपीक फर्क र रियरमा मोनोसक दिइएको छ ।

टीभीएसले भारतीय बजारमा नयाँ भर्सन आरटीआर १६० फोर भीको मूल्य १ लाख ३५ हजार रुपैयाँ (एक्स शोरुम) निर्धारण गरि आधिकारीक रुपमा बुकिंङ समेत खुल्ला गरेको हो ।


Back_to_top